भूपदेव माली,
राजविराज २३ माघ ।
सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रधानमंत्री केपी शर्मा ओलीको असंबैधानिक निर्णय विरुद्ध शुक्रवार बृहद विरोध प्रदर्शन गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराज स्थित शिव मन्दिरबाट भारी संख्यामा निकालिएको जुलुश बाजार परिक्रमा गर्दै नेता चौकमा सो जुलुश कोण सभामा परिणत भएको थियो ।
यूवा नेता लक्ष्मण यादवले कार्यक्रम संचालन गरेको सो सभामा जसपा का नेता सुनिल झा, पूर्व संविधान सभा सदस्य लक्ष्मी चौधरी, केदार प्रसाद यादव लगायतकाले संविधान तथा लोकतन्त्रको मर्यादा विपरित हैकमवादी पारामा प्रधानमंत्री ओलीले प्रतिनिधि सभा विघटन गरी देश र जनताको इच्छा विपरित नया निर्वाचनमा लगिन खोजिएको भन्दै आ–आफ्ना धारणा राखेका थिए ।
जसपा सप्तरीले निर्धारण गरिएको माघ २३, २५ र २८ गते विरोध कार्यक्रम तहत सो कार्यक्रम भएको बताएको छ ।