भूपदेव माली,
राजविराज २० माघ ।
६ वटा छोरीको बुवा ५१ वर्षिय तेज नारायण मण्डलले यतिबेला विराटनगरको गोल्डेन अस्पताल भित्र आई.सि.यु मा जीवन र मृत्यू विच संघर्ष गरिरहेको छ ।
६ वटा छोरीहरु मध्ये दुईजना छोरीहरुको विवाह मात्र सम्पन्न गराउन सकेको पिडित मण्डलले आफ्नो घरवारको आर्थिक उपार्जन गर्ने एकमात्र ब्यक्ति रही खेतीहरुमा मजदुरी गरी घर परिवारलाई भरण–पोषण गर्दै आएको क्रममा माघ १८ गते आईतवारका दिन कोशी टप्पुको डुवान क्षेत्र भित्र गहुँवालीलाई सिंचित गर्ने क्रममा अत्याधिक चिसोले स्वास्थ्यमा असर गर्नाले एक्कासी रक्तचाप बढेकोले सिकिस्त विरामी पर्न गएको थियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह बस्ने मण्डलको स्वास्थ्य अवस्था चिन्ताजनक भएकोले उपचारका लागि तत्काल मोरङ्गको विराटनगर स्थित गोल्डेन अस्पताल पुर्याई भेन्टिनेटरमा राखी उपचार भई रहेको भएपनि हालसम्म कोमाको स्थितीबाट बाहिर निस्कन नसकेको आफन्तजन्यले बताउँछन् ।
यता घरका आर्थिक स्थिती साह्ै कम्जोर भएकोले पत्नि लक्ष्मीनीया देवी मण्डल छोरी संजन कुमारी मण्डल लगायतकाले गाउँ समाजमा आर्थिक सहयोगका लागि गुहार लगाईरहेकी छन् ।
महँगो भएका कारण गोल्डेन अस्पतालमा मण्डलको उपचार गराउन नसक्नाले सो अस्पतालबाट रिफर गरी धरान स्थित रहेको वि.पी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई.सि.यू.(भेल्टिनेटर) सहितको ब्यवस्था मिलाई भर्ना गराउनका लागि सम्बन्धित निकायहरुमा अनुरोध निवेदन गर्दै रुमलिरहको पिडित मण्डलका पत्नि लक्ष्मीनिया देवीले बताए ।