. भुपदेव माली,
राजविराज २८ असोज ।
कंकालिनी मन्दिर परिसरलाई नेपाल प्रहरीले सरसफाई गरेका छन् । प्रहरी दिवसको अवसरमा गरिएको सो सरसफाई सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं. १ भारदह स्थित पूर्वी नेपालको चर्चित कंकालिनी भगवती मन्दिरमा गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको सो सरसफाई कार्यक्रम प्रहरी दिवसको अवसर पारेर र हिन्दुहरुका महान आस्थाका चाड दशैं नजिकै आई पर्न लागेकााले गरिएको उद्देश्य बताएको छ ।
कंकालिनी मन्दिरमा दशैको अवसरमा लाखौं भक्तजनहरुको आवगमन हुने भएकाले मन्दिरलाई सफासुग्घर बनाउने उद्देश्य सहितले गरिएको सो सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डि.एस.पी तेरेश कुमार सिंहको नेतृत्वमा २१ जना प्रहरीको टोली,इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख प्र.ना.नि. सुरेश यादवको नेतृत्वमा ११ जना प्रहरीको टोली र इ.प्र. का. भारदहका प्रमुख प्र.ना.नि धनबहादुर खड्गाको नेतृत्वमा १४ जना प्रहरीको टोलीले सहभागी भई मन्दिर परिसरका कुना कप्चा सहितको फोहर मैलाहरु सफा गरेका छन् । विगतमा नेपाल प्रहरी एवं शसस्त्र प्रहरीको संयूक्त टोली द्वारा मन्दिरलाई सरसफाई गर्दै आएको भएपनि यस पल्ट शसस्त्र प्रहरीको सहभागिता रहेको देखिएन । दशैं अवधि भित्र तथा दशैं पश्चात पनि मन्दिर परिसरलाई सफा गरिने इ.प्र.का.का प्रमुख खडगाले बताए ।