भूपदेव माली,
राजविराज १३ माघ ।
भारतले मंगलवार ७२ औं गणतन्त्र दिवस मनाएको छ । सोही क्रममा नेपालमा पनि विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजनाको माध्यमले गणतन्त्र दिवस मनाएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित भारत सरकारका कोशी पोजेक्ट कोलोनीमा भारतको ७२ औं गणतन्त्र दिवस मनाउँदै नेपाल तथा भारतको राष्ट्रगान सहित दुवै देशका झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाल तर्फबाट इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि, सशस्त्र वेस क्याम्प भारदहका जवानहरु र स्थानीय भरभलादमीहरु र भारततर्फबाट प्रोजेक्टका भारदह डिभिजनका प्रमुख कार्यपालक अभियन्ता अरुण कुमार, सहायक अभियन्ताहरु विद्याशंकर वर्मा, घिरेन्द्र कुमार, गौतम कुमार, अरविन्द कुमार, जुनियर इन्जिनियरहरु नविन कुमार, विकास कुमार, जितेन्द्र कुमार, राकेश रोसन लगायत पत्राकारहरु विच सम्पन्न सो कार्यक्रममा नेपालका झण्डा नेपालका प्रहरी र भारतको झण्डा अरुण कुमार द्वारा झण्डोत्तोलन गरिएको छन् ।
कार्यक्रममा गणतन्त्र–जिन्दावाद, नेपाल भारत मैत्री अमर रहे नारा लगाउँदै सो दिवसले नेपाल भारतको छिमेकी सम्बन्ध अमरता प्रतिक भएको संदेश दिएका छन् ।
भारदहको कोशी कोलोनीमा हरेक वर्षको २६ जनवरीमा मनाउने गणतन्त्र दिवस मनाउने गरिन्छ ।
तलको भिडियो लिंकमा हेर्नुहोला ।
https://youtu.be/En-6e3s5CxE
२६ जनवरीका दिन मनाउने भारतको गणतन्त्र दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल निकट नेपाल भारत मैत्री यूवा संघ, सप्तरीका अध्यक्ष किशोर कुमार यादव(केसी) ले भारतको ७२ औं गणतन्त्र दिवसलाई एक विज्ञप्ति जारी गरी शुभकामना ब्यक्त गरेका छन् ।