भूपदेव माली,
राजविराज ११ माघ ।
सप्तरीको सुरुङ्गा नपा ७ हरिपुर स्थित कुशहा बेल्ही सडक खण्डमा ९ गते राति मोटरसाईकल लुटपाट तथा चोरी गरी भाग्ने २ जना मानिसहरु पक्राउ परेका छन् ।
मोटरसाईकल लुटपाट तथा चोरी गरी भागेकाहरुलाई सप्तरीको बलान बिहुल गापा ४ बेल्ही स्थित प्रहरीको चेकजाँच स्थलमा चेकको क्रममा ४ जना मध्ये २ जना भागेको र २ जनालाई पक्राउ गरिएको हो ।
चेकजाँच स्थलमा लुटगरी भाग्नेहरुले स.३ प ९१६९ नं.को मोटर साईकल र स.२ प ८४४२ नं. को मोटरसाईकल मा २।२ जना सवार भई आउँदै गर्दा चेक हुने भयले पर नै मोटर साईकल रोकी २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
बेलुकी ८ः३० बजेको समयमा सप्तरीको शम्भुनाथ नपा ६ लतियाही बस्ने अनिष कुमारी चौधरीलाई मोटरसाईकल रोकी राखेका अवस्थामा ४ जना ब्यक्तिहरुले मोटरसाईकल सहित साथमा रहेको मोबाईल १, नगद रुपैया लुटपाट गरी दक्षिण तर्फ भागिएको सूचना इलाका प्रहरी कार्यालय करडबौनालाई हुन जाँदा तत्कालै प्रहरीले सो चेक जाँच स्थलमा प्रहरीलाई तैनात गरी सुरुङ्गा नपा ७ बस्ने नन्दी पासमान र सोही स्थान बस्ने राजु कुमार साहलाई पक्राउ गरी डाँका मुद्दामा कानुन बमोजिम अनुसंधान कार्य भईरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रबक्ता प्र.ना.उ भुवनेश्वर प्रसाद साहले जानकारी गरे ।