आ.एन.मेहता,
राजविराज १० माघ ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति सप्तरी राजविराजले प्रेस विज्ञप्ति जारी गरेको छ ।
सप्तरीका छिन्नमस्ता गाउँपालिका अन्तर्गतका शिक्षक–शिक्षिका तथा विद्यालयमा कार्यरत कर्मचारीहरु २०७७ सावन देखि हालसम्म तलब–भक्ता खुवाउन नसक्दा सो अन्तर्गतका विद्यालयहरुका शिक्षक एवं कर्मचारी द्वारा २०७७।१०।११ गते आईतवारका दिन पालिका अन्तर्गतका समस्त विद्यालयहरु बन्द गरी गाउँपालिका कार्यालयमा भेला भई चरणावद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने प्रति महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
महासंघका अध्यक्ष दिनेश प्रसाद यादव तथा सविच लखिन्द्र प्रसाद साहको हस्ताक्षर भएको सो विज्ञप्तिमा शिक्षक तथा कर्मचारीहरुले गरिने सो चरणवद्ध आन्दोलनमा एक्यवद्धता जनाएको उल्लेख गरिएको छ । सँगै यत्रो महिनादेखि शिक्षक एवं कर्मचारीहरु तलब–भत्ता नपाएको सो समस्याको अविलम्व समाधान गरी तलब–भक्ता खुवाउनका लागि गापा सँग जोडदार माँग समेत गरिएको छ ।