‘अहिले नयाँ निर्वाचन के का लागी ? अहिले कोविड–१९ महामारीको भयावह जोखिमले देश र जनताको आर्थिक स्थिति दर– दर भएको बेलामा नयाँ निर्वाचन अनुपयुक्त हो , यसबाट राष्ट्रलाई ठूलो क्षति हुने निश्चित छ ।’
ने.क.पा. को बहुमतको सरकार भएर पनि ३ वर्षको अन्तरालमा नेकपाको आन्तरिक बिरोध कलहका कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणाले देशका सर्व राजनितिक दलहरुले यसको बिरोध प्रदर्शन गर्दै आएको सन्दर्भमा सप्तरीको राजविराजमा माघ ७ गते जनता समाजबादी पार्टी नेपालले बिशाल जुलुस परिक्रमा गरी राज रंगशालामा बिशाल बिरोध जनसभा सम्पन गरिएको छ । सोही सभालाई सफल बनाउन मोहत्तरी बाट पाल्नु भएका जसपाका केन्द्रिय सदस्य अनिल महासेठसंग माघ ८ गते बिहानको बेला सान्दर्भिक राजनीतिक बारेमा मधेश न्यूजले गरिएको कुराकानीको अंश भिडियो सहित प्रस्तुत छ ।