भूपदेव माली,
राजविराज २० असोज ।
मेयर शैलेश कुमार साह कोरोना मुक्त भएको खबरले वहाँको समर्थक तथा ह क न पा सप्तरी का जसपा नेता कार्यकर्ताहरु द्वारा खुशीयालीमा रामायण पाठ तथा हनुमान आराधना गरिएका छन् । वडा नं. १,३ र ४ का राजपा नेता, पूर्व प्र.अ. जयसुन्दर खिडहरी,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह , उपाध्यक्ष दिनेश्वर यादव ,रन्जित झा,व्यापारीहरु राम बिलास साह , देव कृष्ण साह लगायत्को नेतृत्वमा भएको सो पूजा पोर्ताहा बाजार स्थित बजरंगवली मंदिरमा विधिवत रुपमा सम्पन्न भएको हो ।
मेयर साहलाई असोज ६ गतेको पिसिआर जाँचमा कोरोना संक्रमण भएको पूष्टि पश्चात उपचार गराई रहेका थिए । बुधवार स्वस्थ्य भएको ठहर गर्दैअस्पतालबाट डिस्चार्ज गरिएको हो । वहाँ स्वस्थ्य भएको खुशीमा सम्पन्न भएको सो पूजा अनुष्ठानमा राष्ट्रिय शिक्षक मंचका उपाध्यक्ष दिनेश कुमार यादव, बिनोद खड्का , पुरन राउत , रामेश्वर यादव , कृष्ण देव रोहिता लगायत पार्टीका सैकडौ कार्यकर्ताहरुको सहभागीता थिए।