भूपदेव माली,
राजविराज ०७ माघ ।
संसद विघटन हुनु भनेको नेपालको संविधान माथि प्रहार गर्नु हो । शसस्त्र आन्दोलन, मधेश जनविद्रोहबाट हजारौं मानिसको कुर्वानीबाट प्राप्त यो गणतन्त्र(लोकतन्त्र) तथा संशोधन पछि संशोधन हुदै बनेको नेपालको संविधानको विपरित प्रधानमंत्री ओलीले संसदीय बैठक नडाकि नै प्रतिनिधि सभा विघटन गरी लोकतन्त्रलाइृ समाप्त पार्ने कार्य गरेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भयो । प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने बताएका छन् ।मधेशी जनता माथि गोली प्रहार गरेर बलजफ्ती २०७२ मा लादिएको संविधानमा मधेशीको पूर्णतया अधिकारको प्रत्याभूति नभएपनि विस्तारै आदिवासी जनजाति तथा मधेशीको अधिकार संशोधनबाट विस्तारै सुनिश्चित गर्दै जाने हाम्रो धारणा रहेको बताउदै यादवले संविधानमा व्यवस्थामा नै नभएको धारा देखाई संसद विघटन गरेर पछि यो संविधानबाट राजनीतिक निर्णय भएको भन्दै प्रधानमंत्री ओली देश र जनतालाई भ्रमित पार्न प्रयास गर्दै नया चुनावको आर्थिक मारमा देश र जनतालाई लगिएको बताउनु भयो ।
सप्तरीको राजविराज स्थित राजरंगशालामा भएको जिल्ला स्तरीय विराध सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै सो कुरा बताउनु भएको हो ।
रामप्रित यादवको अध्यक्षता एवं सत्य नारायण यादवले मंच संचालन गरेको सो विरोध सभामा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनता नश्लवादीहरुको औपनिवेसिक शासनबाट मुक्ति पाउन जसपालाई साथ सहयोग दिई रहेको भन्दै यदि सर्वेच्च न्यालयले संसद विघटन गरिएन भने देश अन्यौल र अस्थिरता तर्फ जाने आशंका ब्यक्त गर्नु भयो । मधेशी, आदिवासी, सिमांकृत वर्गको असहमति रहदा रहदै ओली लगायतकै जोडबलमा संविधान लागु गरिएको भन्दै उहाँले अहिले ओलीद्वारा नै संविधानको हत्या समेत भएको बताउनु भयो । चार वर्षअघि सप्तरीको मलेठमा ओलीकै आमसभामा पाँच जना मधेशीको सहादत भएको भन्दै उहाँले थपे, प्रधानमन्त्री पहिला मानव हत्यारा थिए अहिले संविधानको समेत हत्यारा बन्न पुगेका छन् ।
भिडियो लिंक https://youtu.be/-inVSbGDab8
सितलहरका बाबजुद गाउँ गाउँबाट हजारौंको संख्यामा प्रदर्शनमा सहभागि हुन आएका नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरी राजरंगशालामा विशाल विरोध सभाको आयोजनामा भूमि व्यवस्थापन कृषि तथा सहकारी मंत्री शैलेन्द्र साह, समाजिक विकास मंत्री नवलकिशोर साह(रामबाबु) राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह, पूर्व मंत्री रेणु यादव, प्रदेश सभा सदस्य मनिष सुमन, जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव विभिन्न पालिकाहरुका प्रमुखहरु लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै समाजिक विकास मंत्री नवलकिशोर साहले तानाशाही नेकपालाई मधेशबाट फाल्नुपर्ने मधेशलाई समूचित ढंगबाट विकास एवं अधिकारका लडाई लडिरहेका जसपालाई सहयोग र साथ दिनुपर्ने बताउनु भयो ।