भूपदेव माली,
राजविराज ०५ माघ ।
देशको मूल लोकमार्गको अवस्था जरजर भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह स्थित पूर्व–पश्चिम लोकमार्गको पक्की सडकहरु ठाउँ–ठाउँमा टुटेर ठूल्ठूला खाल्टोको रुप लिएको हुदा सवारी साधनहरुलाई गुड्न बाधा हुने गरेको छ ।
ईलाका प्रहरी कार्यालय स्थित ट्राफिक चेकपोष्ट स्थल, कोशी ब्यारेज पूलको पश्चिमी घुम्तीमा मूल सडक भत्किएर खाल्टोहरु हुने हुदा सवारी साधनहरु पल्टिने भएको सँगै खाल्टोका कारण विग्रिने खतरा बढेको छ । अझ त सडक टुटेका ठाउँहरुमा धुलोले गर्दा बाटो नदेखिने हुस्सो हुने हुदाँ जोखिमपूर्ण सडक बन्न गएको छ ।
टुटेको सडक मर्मत सम्भारका लागि सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गरेपनि चासो नराखेको ट्राफिक पोष्ट भारदहका इन्चार्ज प्र.ना.नि. सती कुमारी घिसिङ्गले बताए । वहाँले भने २४ घन्टा हामीले टुटेको सडकको धुलो खाएर डियूटी गर्नु परेको बताए ।
सडकबाट इलाका प्रहरी कार्यालय भारदहका परिसर तथा भवनहरु माथि बाक्लो धुलो जम्ने गरेको छ । सधैं मास्क प्रयोग गरी धुलोबाट हामी बच्ने गरेको इ.प्र.का. प्रमुख प्र.ना.नि. बद्री रायले बताए । सडक मर्मत समय मै हुन सकिएन भने फाल्गुन–चैत्र तिरको तिव्र हावामा बस्न पनि नसकिने वहाँको भनाई छ । https://youtu.be/yOhRKP4-eZk
सडकको दुवैपट्टी पेटीलाई गतवर्ष आएको वाढीले माटो बगाएकोले पैदल यात्रीहरु आवत–जावत गर्न समेत अप्ठेरो हुने गरेको हुदाँ स्थानीयहरुलाई सास्ती भोग्नु परेको स्थानीय कुन्दन कापैरले बताए ।