भूपदेव माली,
राजविराज ०३ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा १० औं साधारण सभाको खुल्ला सत्र शनिवार सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गापा ५ बनरझुला स्थित नेपालको प्रसिद्ध एवं विशाल नदी कोशी छेउ वगरमा आयोजित सो सभाको अध्यक्षता पत्रकार महासंघ सप्तरी शाखाका सभापति जितेन्द्र खडगाको अध्यक्षता एवं प्रदेश २ का मुख्य मंत्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । https://youtu.be/VAOUTBhaDLE
कोशी नदीको विकराल रुपबाट सप्तरी बासीको हुने छति बारे अवलोकन गर्ने उद्देश्य सो स्थलमा गरिएको साधारण सभा कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सामाजिक विकास मंत्री नवल किशोर साह ‘रामबाबु’, भूमि ब्यवस्थापन कृषि तथा सहकारी मंत्री शैलेन्द्र साह, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह र अतिथिहरुमा सप्तरी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजविराज नपाका प्रमुख शम्भु यादव, कंचनरुप नपाका मेयर बसन्त कुमार मिश्र, तिलाठी कोईलाडी गापा अध्यक्ष सतिश कुमार सिंह, तिरहुत गापा अध्यक्ष मनोज बहडखेर यादव, छिन्नमस्ता गापा अध्यक्ष सूर्य नारायण मण्डल, रुपनी गापा अध्यक्ष हरेराम यादव, प्रदेश सभा सदस्य मनिष सुमन, प्रेस यूनियनका अध्यक्ष श्रवण देव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, सप्तरी मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार कर्ण, सप्रती उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, नेपाल निजामति कर्मचारी ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायत पत्रकार महासंघ अन्तर्गत विभिन्न संगठनका प्रतिनिधिहरु सदस्य तथा विभिन्न संचारका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादवले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विशिष्ट अतिथी सामाजिक विकास मंत्री नवलकिशोरले कोशी नदीबाट ८ हजार विगाहा भन्दा वढी जग्गा नष्ट भएको र नेपाल भारतको कोशी नदी सम्झौतामा सोको मुआवजा भारतले दिने उल्लेख भएपनि सो जग्गाको मुआवजा स्थानीय नपाएको उदघृत गर्दै यो नदीले बर्षेनी यहाँका जनतालाई दुःख दिदै आएको प्रति मुख्य मंत्रीको ध्यान जाउन् बताउनु भयो ।
सप्तरी शाखाका सचिव जितेन्द्र झा ‘जितु’ ले कार्यक्रम संचालन गरिएको सो कार्यक्रममा मंत्री शैलेन्द्र साहले सप्तरीका संचारकर्मीले देशमा भएका विभिन्न आन्दोलनहरुमा अहम भूमिका खेल्दै आएको हुदा पत्रकारिता पेशालाई संरक्षण सम्वद्र्धन प्रति प्रदेश २ का सरकारले प्रयासरत रहेको बताउनु भयो ।
प्रमुख अतिथिको आसनबाट मुख्य मंत्री राउतले तिलाठी कोईलाडी प्रजातान्त्रिक आन्दोलनका उदभव स्थल, गणतन्त्रका प्रथम परिकल्पना गर्ने रामराजा प्रसाद सिंह, मधेशी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने गजेन्द्र ना. सिंह, प्रजातान्त्रिक आन्दोलनका शहिद साकेतचन्द्र मिश्रको ऐतिहासिक भूमि रहको भन्दै कोशी नदीको पूर्ण नियन्त्रण गर्ने बारे भारत सरकारसँग वर्ता गरी निकाश निकालिने प्रतिवद्धता गर्नु भयो । वहाँले नेपालका पत्रकारहरुको अहम भूमिकाले् गर्दा नेपालमा गणतन्त्रको स्थापना र मधेश जनविद्रोहमा सप्तरीका पत्रकारहरुको भूमिकाले नै प्रदेश २ मा मधेशी दलका सरकार भएको बताउनु भयो ।