माघ १ सप्तरी ।
आज माधे संक्राती हो , माघे संक्राती अर्थात माघ महिनाको प्रथमदिन, यो हिउँदको महत्वपूर्ण महिना हो । यो संक्रातीलाई मकर संक्राती , तिला संक्राती , खिचडी , तिलवा खिचडी पनि भनिन्छ । आजको दिन सूर्य धनु राशी बाट मकर राशीमा प्रवेश गर्दछन् । हिउँदको मध्य दिन हुने गर्दछ यो संक्राती ,आजको दिन नर्थपोल र साउथपोल अर्थात उत्तरी र दक्षिणी ध्रुवलाई सुर्यसंग मापन गरिन्छ , आजैबाट सूर्य उत्तरायण हुने गर्दछ । आज वाटै हिउँद घट्दै जाने र न्यानो बढ्दै जाने गर्दछ ।
वर्षमा दुईपटक सूर्य परिक्रमाको स्थितिमा परिवर्तन हुने गरेको छ । ति दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायण भनिन्छ । ६–६ महिनाको अबधिमा सूर्यले मकरदेखी मिथुन राशीमा गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशीबाट धनु राशीसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भनिन्छ । शास्त्रको आधारमा उत्तरायणलाई सकारात्मकता तथा दक्षिणयनलाई नकारात्मकताको प्रतिक मानिएको छ । त्यसैले सूर्यको उत्तरायणको प्रवेश दिन अर्थात मकर संक्रातीको दिनलाई एउटा पर्वको रुपमा हिन्दुहरु मनाउने गरिन्छन् । किनभने शास्त्रको अनुसार उत्तरायण स्थितिमा मानवको मृत्युभएमा मोक्षको प्राप्ति हुन्छ । महाभारतमा आजकै दिन भिष्म पितामहले इच्छामृत्युको वरदान प्राप्त गरिएको थियो ।
हिन्दु सनातन धर्मले यो दिनलाई अतिमहत्वपूर्णका साथ अपनाएको छ । यो दिन हिन्दुहरुले विभिन्न तिर्थहरुको ताल , पोखरी , नदिमा स्नान गरी तिलबाट बनाएको लड्डु, तिलबाट बनेको खिचडी र तिलबाट बनेको अन्य परिकारका पोषिलो भोजन ग्रहन गर्ने गरिन्छन । यो दिन आफ्ना पण्डित , पुरोहित वा ब्राम्हण भोजन गराई दक्षिणा तथा दान गरी स्वर्गमा आफ्नो स्थान सुरक्षित राख्ने गर्दछन् ।
नेपालमा आजको दिन चतरा —बाराहक्षेत्र स्थित कोशी नदी , कन्काई माईधार नदी , कृष्णगण्डकी र त्रिशुली नदीको सँगमस्थल देवघाट , वेणी , पनौतीको संगम स्थल , बागमती आदी स्थानमा स्नानको ऐतिहासिक मेला लाग्दछ ।
हिन्दुहरुको हिउँदमा पर्ने महान पर्व मकर संक्रातीको पावन अवसरमा मधेश न्यूजको तर्फबाट धेरै — धेरे शुभकामना छ । साथै यो मकर संक्राती पर्वले सबैको मनोवाँछ्ति फल प्राप्तिको कामना गर्दछ ।