भूपदेव माली,
राजविराज २७ पौष ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत हनुमाननगर बाजार स्थित इलाका प्रहरी कार्यालयमा अपराध नियन्त्रण तथा सुरक्षा परिचालन सम्बन्धी सोमवार समिक्षा बैठक सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगर अन्तर्गत हनुमाननगर कंकालिनी नपाका ११ वटा वडाहरु, महदेवा गाउँपालिका, तिलाठी कोईलाडी गापा समेत रहेको हुदाँ लामो क्षेत्रफल भएपनि सो क्षेत्रमा अपराध हुन नदिन तथा नयाँ इन्चार्जको रुपमा आएको हुनाले परिचय सहित उद्देश्यले सो कार्यक्रम भएको हो । भिडियो हेेेर्नुु हाेेस https://youtu.be/XGuZ9F0gsh8
कार्यालय प्रमुख प्र.ना.नि संजय न्यूपानेको अध्यक्षतामा भएको सो कार्यक्रम तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुशिता यादव, महदेवा गापा ६का वडा अध्यक्ष उमेश यादव, वडा ५ का वडा अध्यक्ष रमेश प्रसाद मण्डल हनुमाननगर कंकालिनी नपा १४ का वडा अध्यक्ष सत्य नारायण मण्डल, वडा १३ का वडा अध्यक्ष विन्देश्वर लगायत प्रायः सबै वडाका वडा अध्यक्ष, सदस्यहरु लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्षले नेपाली नागरिकताका लागि सबन्धित सबै प्रमाणहरु सहित सिफारिस गरेपनि सो को जिल्ला प्रशासन कार्यालयले खासै महत्व नदिई पुनः सम्बन्धित इलाका प्रहरी कार्यालयमा सरजमिन मुचुल्का गर्न लाउनु र सो मुचुल्कामा पूनः वडा अध्यक्षको उपस्थितीको विरोध गर्दै वडा अध्यक्षहरु द्वारा सिमा पारिबाट समान्य कृषि सामग्री तथा खाद्यान्न समाग्री ल्याउने सर्व साधारणलाई छुट दिनु पर्नेमा जोड दिएका थिए ।