आर एन मेहता,२६ पौष सप्तरी ।
सप्तरीको राजविराजमा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार तथा उमा सिंह स्मृति पत्रकारिता पुस्कार युवा पत्रकारद्वय धर्मपाल राउत तथा भुपदेव मालीलाई आईतवार प्रदान गरिएको छ ।
सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासंघ,सप्तरीको कार्यालय सभाहलमा सम्पन्न भएको २७ औं लोकेन्द्र स्मृति दिवस तथा ११ औं उमा सिंह स्मृति दिवसको अवसरमा सो पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । भिडियो हेर्नु होस https://youtu.be/lX51fxgaDzI
नेपाल पत्रकार महासंध सप्तरी द्वारा आयोजित सो कार्यक्रममा महासंघ सप्तरी शाखाका सभापति जितेन्द्र खडगाको अध्यक्षता एवं महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा पुरस्कार छनौट समिति द्वारा लामो समयदेखि सकृयतापुर्वक अनुसंधानात्मक तथा विकासीय सामाचार लेखनमा योगदान पुर्याएको आधारमा राजविराज टुडेका धर्मपाल राउतलाई दोसल्ला ओढाई सम्मान ,सम्मान–पत्र तथा नगद पुरस्कारले पुरस्कृत र मधेश न्युजका भुपदेव मालीलाई देसल्ला ओढाई सम्मान,सम्मान–पत्र तथा नगदले पुरस्कृत गरिएका छन ।
पत्रकार महासंघ सप्तरी शाखाका सचिव जितेन्द्र झा (जितु) ले कार्यक्रम संचालन गरिएको सो कार्यक्रममा महासंघका प्रदेश सचिव राम नारायण विश्वासले पुरस्कार प्राप्त गर्न योग्य पत्रकारहरुको नाम घोषणा गर्नु भएको थियो ।
श्याङ्गजा जिल्लामा जन्म भएको पत्रकार लोकेन्द्र बुढाथोकी सप्तरीलाई कर्मभुमि बनाई २०४७सालतिर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय एवं साहसिक पत्रकारिता भुमिका निर्वाह गर्दे आएको अवस्थामा पत्रकारिता के कारणले वहा को रहस्मय मृत्यु अर्थात हत्या भएकोले महासंघ सप्तरी शाखाले वहाँको स्मृति दिवस मनाउदैं हरेक वर्ष पत्रकारिता पुस्कार प्रदान गर्दे आएको छ । यसरी नै पत्रकार उमा सिंहले महिला पत्रकारको रुपमा सकृय एवं साहसिक पत्रकारको रुपमा स्थापित भएको अवस्थामा जनकपुर स्थित वहाँको आफनै कोठामा हत्या गरिएको हुनाले वहाँको हरेक वर्ष मनाईने स्मृति दिवशको अवसरममा आजको वातावरण राष्ट्रिय समाचार —पत्रले पुरस्कार वितरण गर्दे आएको छ ।
पत्रकार महासंघ सप्तरी शाखाका उपसभापति श्याम सुन्दर यादवले स्वागत गरिएको सो कार्यक्रममा सप्तरीमा कार्यरत प्रायः पत्रकारहरुको उपस्थिति रहेको थियो । सप्तरी उद्योग वाणिज्य संधका अध्यक्ष अरुण प्रधान नेपाल निजामति कर्मचारी ट्रेडयुनियन सप्तरीका अध्यक्ष अजय झा ,सप्तरीका वरिष्ठ पत्रकार शिवहरी भट्टराई ,पत्रकार सेनानी बैधनाथ झा, महासंघ सप्तरी शाखाका पुर्व सभापतिहरु विष्णु कुमार मण्डल,धिरेन्द्र प्रसाद साह,प्रकाश अतिवडा,आदीवासी जनजाति पत्रकार संघका प्रिया सिंह थारुले पत्रकार लोकेन्द्र बुढाथोकी र पत्रकार उमा सिंहको पत्रकारिता क्षेत्रमा दिएको योगदान तथा सुरक्षाको आभावमा वहाँहरुलाई हत्या भएको बृतान्तलाई उद्घृत गर्दै पुरस्कृत पत्रकारहरुलाई बधाई एवं शुभकामना सहितका मन्तब्य राखेका थिए ।