भूपदेव माली,
संसद बिघटन भएको कारणले उत्पन्न अस्थिरताको बिरुद्ध यतिबेला देशका प्राय ः सबै दलहरुले राष्ट्रपतिको यो निर्णय असंबैधानिक भएको ठहर गर्दै सडक आन्दोलनमा उत्रिएका अवस्थामा जनता समाजवादी पार्टी नेपालको भूमिका बारे सप्तरीका राजनीतिमा सकृय भूमिका निर्वाह गर्ने नेता जसपाका केन्द्रीय सदस्य अशोक यादव संग मधेश न्यूजका भूपदेव मालीले गरिएको समसमायिक कुराकानी प्रस्तुत छ ।
भिडियो हेर्नुहोस :- https://youtu.be/eTZ0Kss_-cI
–नेता ज्यू प्र.म. के.पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विधादेवी भण्डारी द्वारा गरिएको संसद विघटन तथा ताजा जनादेशको निर्णयको घोषणा देश र जनताका लागि कतिको उपयूक्त होला ?
एकदमै अनुपयूक्त हो । अहिले कोविड १९ महामारीले गर्दा देशको अर्थतन्त्र स्थिती जरजर रहेको अवस्थामा थप आर्थिक मार जनतामाथि थुपार्ने गरी संविधानको धारा ७६ को १ र ७ प्रयोग गरी संसद विघटन गरिएको छ । यो कदम असंवैधानिक हो , यो अलोकतान्त्रिक हो र यो प्रतिगमणतर्फ उन्मुख हो । यो निश्चित रुपमा प्र.म.ओलीले आफ्नो पार्टीभित्र नेतृत्व गर्न नसक्ने अवस्थाको परिणामले उत्पन्न ४४१ जना केन्द्रीय सदस्य मध्य ३१५ जना विरोधमा हुनु भनेको वहाँको हिटलरशाही पाराको पराकाष्ठा, स्वेच्छाचारी राजनीतिक दम्भको परिणाम सुजित परिस्थितिले आफ्नै पार्टीका नेताहरुलाई तह लगाउनका लागि सम्पूर्ण देश र आमजनतालाई निर्वाचनको मुखमा धकेल्नु एकदम नै गलत हो । यसो गर्नु हुदैन्थ्यो , अझ त यो विषयमा राष्ट्रिपतिले पनि यस प्रकारको अदुरदर्शी कदम बढाउन अनुमति दिनु हुदैन्थ्यो । यो त संविधानमा ब्यवस्था नै नभएको संसद विधटन गरी ताजा जनादेश दिनु भयो । वहाँहरुले हामी ताजा जनादेशमा जादै छौ भनिरहेका छन् । तर के वास्तवमा महिनै वा बर्षै पिच्छे ताजा जनादेश दिने हो त ? हुदै होईन । लोकतान्त्रिक मूल्यमान्यता अनुसार अद्यावधिक चुनाव ५ वर्ष पूरा गरे मात्र हुने हो । ५ वर्ष पूरा गर्न दिनु पर्दथ्यो । तर प्र.म. आफ्नै पार्टी भित्र अल्पमतमा परी देश र जनतालाई नयाँ चुनावको भुमरीमा धकेल्न खोजिनु असंवैधानिक कदम हो ।
–देश र जनता भर्खरै कोरोना महामारीको विकट स्थितीबाट गुज्रेको अवस्थामा लगतै यो ताजा जनादेशमा जानु पर्दा देशको अर्थतन्त्रमा कस्तो असर पर्नेछ?
निश्चित रुपमा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेछ । कोरोना महामारीबाट देशको अर्थतन्त्र जर्जर भएको छ, मैले पहिले पनि भनिसकेको छु । पहिलो कुरो त कोरोना महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्दथ्यो । तर सरकार द्वारा पद्दत निशुल्क पि.सि.आर सेवा पनि रोकियो । झन विश्व आक्रान्त भएको अवस्थामा सरकारले भ्रष्टाचारमा लिप्त भए । स्वास्थ्य उपक्रम खरिदमा ओमनी प्रा.लि. सँग मिलेर ठूलो भ्रष्टाचार गर्यो । यसरी नै सुनकाण्ड, ललिता निवास प्रकरण, गोकुल बास्कोटा काण्ड, निर्मला पन्त बलत्कार काण्ड जस्ता दर्जनौ भ्रष्टाचारहरुमा यो सरकार ब्यस्त देखिए । ओली सरकारको गठन कालदेखि नै देशको अर्थतन्त्रलाई लुटिने कार्यहरु मात्र भएको छ र यतिबेला झन नयाँ निर्वाचनको घोषणा गरी देशको अर्थतन्त्रलाई सखाप पार्न लागेको अवस्था छ । सुशासन तर्फ उन्मुख भएको देखिएन ।
–संसद विघटन गर्नु संवैधानिक हो वा असंवैधानिक हो भन्ने बारे सर्वोच्च न्यालयले के गर्दैछ त?
सम्माननीय सर्वोच्च अदालतले यो सन्दर्भमा २२ गते देखि नियमित बहस तथा कामकाज संचालन गर्ने भएको छ । हामी न्यालयको निर्णयलाई कुरेर बसेका छौं । यद्यपि जनता समाजवादी पार्टी नेपालले दोश्रो चरणको आन्दोलन प्रारम्भ गरिसकेको छ? आउँदो २५, २७, २९ र माघ ३ गते विभिन्न प्रकारका विरोध प्रदर्शन तथा माघ ७ गते बृहद र्याली प्रदर्शन गरिने निर्णय गरेको छ । उपरोक्त विरोध प्रदर्शनबाट पनि असर हुन नसक्नुको अवस्थामा तेश्रो चरणको आन्दोलन गर्नेछ । तर यो अवधि भित्रै सम्मानीय सर्वोच्च अदालतले समस्त नेपाली जनताको हितमा निर्णय दिनेछ । यसमा आशातित छौ । देश र जनताको चाहना अनुरुप निर्णण् दिनेछ भनि विश्वस्त छौ ।
–बर्तमान सरकार नेकपा एमाले र नेकपा माओवादीको पृथक–पृथक चुनाव चिन्हबाट निर्वाचित भई आएको सरकार हो भन्ने दृष्टिमा ओली सरकार अत्पमतका ेसरकार भएको हुँदा संसद विघटन प्रक्रिया कसरी असंवैधानिक प्रक्रिया हो? भन्ने भनिन्छ नी?
नेकपा पार्टी बनिसकेको परिस्थिती, सरकार संचालन गरेको परिस्थ्तिी र नेकपा पार्टीबाट नै सरकारमा रहेको परिस्थ्तिीलाई हेर्दा पार्टी दुईवटा भन्नु मिल्दैन पूर्व राजपा र सं.स. फोरम एकिकरण भई निर्वाचन आयोजनामा दर्ता भए झै नेकपा पनि एकिकरण भई निर्वाचन आयोगमा दर्ता भई सक्दा अत्मतको सरकार भन्नु तर्क संगत होईन ।
–यदि न्यायपालिकाले तपाईको पक्षमा निर्णय नदिएको अवस्थामा तपाईको पार्टीैको भूमिका के रहने छ?
हाम्रो पक्षमा न्याय चाहिएको छैन । यहाँ त सिंगो शोसित, उत्पिडित, पिडित उपेक्षित जनताको पक्षमा निर्णय चाहिएको छ । सिगै समाजवादी पार्टीका जनता सडकमा ओर्लिएका छन् । नेकपा प्रचण्ड, नेपाल समुह, नेपाली काँग्रेस सहित सारा नेपाली जनता सडकमा ओर्लेका छन । जनता आक्रान्त छन् । न्याय सबैलाई चाहिएको छ । हामीले अधावधिक चुनावबाट भाग्न खोजेका छैनौ । चुनाव भए पनि हामी तयार छौ । तर असंवैधानिक प्रक्रियाले अद्यावधिक चुनावको विरोधमा छौ । सर्वोच्चको निर्णय सर्वोच्च मै छ, त्यसो भएको हुदा न्यायलयबाट निरुपम भई के आउँदैछ पखाईमा छौ ।
–त्यसो भए तपाईको पार्टीले न्यायलयको निर्णय आउने पर्खाईमा छ?
ड्ड निश्चितरुपमा छ । हामीले आन्दोलनका ठूलो आँधीबेहरी ल्याउने तयारी गदैछौ र सँगै न्यालयको निर्णयको पनि पर्खाईमा छौं । न्यायलय स्वतन्त्र छ, निश्चित रुपमा समस्त नेपाली जनताको हितमा न्याय दिनेछ, यसमा कुनै शंका छैन ।
–हस त नेता ज्यू, मधेश न्यूजलाई समय दिनु भएकोमा धन्यवाद छ ।
धन्यवाद मधेश टिमलाई, मेरो विचार लिन समय दिनु भएकोमा ।