भूपदेव माली,
राजविराज १९ असोज,
सप्तरीको छिन्नमस्ता गापाको वडा नं. ५ लोखरमको दलित टोलमा विपन्न तथा दलितहरुको लागि राहत वितरण गर्ने कार्यमा मारपीट भएको छ ।
राहत वितरण कार्यमा वडा अध्यक्ष शिव शंकर पंडितले राहत वितरण कार्यमा अनियमितता तथा मनपर्र्दी गरेको विषयमा आवाज निस्किन थालेपछि वडा अध्यक्ष तथा अध्यक्ष पक्षले रामरुप शर्मालाई हातपात गरेपछि अध्यक्ष पक्षका मानिसहरुलाई मनोबल बढन जाँदा अध्यक्षका निकटतम जय नारायण शर्माले विरोध गर्नेहरु माथि लाठी समेत प्रहार गरेको छ ।
राहत वितरण कार्य अझै पनि वितरण गर्न बाँकी नै रहेकोले त्यसमा सुधार हुनु जरुरी भएको हुदाँ सरोकारवाला ध्यान पुरयाउनु दलितहरुको माँग रहेको छ ।