मधेश न्यूज सम्वाददाता,
जनकपुरधाम २३ पौष ।
गुणस्तरीय प्राविधिक शिक्षामा सर्वको पहुँच तथा अध्ययन सुलभ सहज हुने गरी शुल्कमा एकरुपता ल्याउने प्रदेश नं. २ का सामाजिक विकास मंत्री नवलकिशोर साह (रामबाबु) ले बताउनु भएको छ । बर्तमान यूग प्राविधिक तथा विज्ञानको यूग भएकोले प्राविधिक शिक्षा अध्ययन गर्न सवै वर्ग तहका बालबालिकाका लागि मार्ग प्रसस्त हुने गरी शुल्क निर्धारण गर्नु पर्नेमा जोड दिदै मंत्री साहले प्राविधिक तालिम तथा ब्यवसायिक तालिम परिषद प्रदेश नं. २ द्वारा जनकपुर स्थित मसला कटेजमा आयोजित आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टक्स) विद्यालय तथा नीजि स्तरमा संचालित शैक्षिक संस्थाहरु सँग शुल्क निर्धारण तथा पूर्वाधार सम्बन्धी १ दिने अभिमुखी कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुदै सो कुरा मंत्री साहले बताउनु भएको हो ।
परिषदका निर्देशक नागेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनकपुरधामका सचिव कृष्ण प्रसाद काप्री, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतका उपस्थिती रहेको थियो ।