भूपदेव माली,
राजविराज २३ पौष ।
भिडियो लिंक :-https://youtu.be/StY-dsXN5DY
सप्तरीको रोयल सेकेण्ड्ररी स्कूलका छात्रछात्राहरुलाइृ कोभिड १९ एवं शारीरिक दुर्घटना भएमा तत्काल प्राथमिक उपचार बारे ३ दिने तालिम विहिवार देखि प्रारम्भ भएको छ ।
मानव जीवनमा विभिन्न कारणले अकस्मात हुने शारीरिक दुर्घटनालाई तत्काल प्राथमिक उपचार गर्न सक्ने जनचेतनाका लागि सो तालिम दिने गरिएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत रहेका भारदह बाजार स्थित रोयल सेकेण्ड्री स्कूलमा भएको सो ट्रेनिङ्ग कार्यक्रममा कक्षा ९ र १० का छात्रछात्राहरुले सहभागी भएका थिए ।
भोलिन्टीयर कौर नेपाल भक्क्तपुरको आयोजना र हनुमाननगर कंकालिनी नपाको सहयोगमा प्रारम्भ भएको सो तालिम , समान्य चोटपटक, मानिस पानीमा डुबेको अवस्था, सर्पले टोकेको अवस्था आदि मानवीय दुर्घटनामा तत्काल प्रााथमिक उपचार बारे तालिम तथा प्रशिक्षक लक्ष्मण माली तथा महिला प्रशिक्षक कविता जयसवालले दिने गरेको आयोजक संस्थाका अध्यक्ष दिपक चापागाईले बताउनु भयो ।
३ दिन सम्म चल्ने सो तालिमका लागि आवश्यक तालिम सम्बन्धी उपक्रम र अन्य सामग्री संस्थाले स्वंय ब्यवस्था गरिएको आयोजित संस्थाका उपाध्यक्ष राधा माताङ्गीले बताउँदै २ नं. प्रदेशका ेआठवटै जिल्लाहरुमा यसप्रकारको तालिम कार्यक्रम संचालन गरिने जानकारी गराउनु भयो ।
विद्यालयका प्रिन्सिपल दिनेश कुमार यादवको अध्यक्षतामा भएको सो तालिम कार्यक्रममा हनुमाननगर कंकालिनी का मेयर शैलेश कुमार साहले प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्नु भएको थियो ।
यसरी नै सोही कार्यक्रममा भारदह बाजार स्थित कंकालिनी मा.वि. पोर्ताहामा पनि सम्पन्न भएको छ ।