भूपदेव माली,
राजविराज २१ पौष ।
संसद विघटनको निर्णय फिर्ता लिन मंगलवार जनता समाजवादी पार्टीले दोश्रो चरणको आन्दोलन तहत जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
नेकपाको आफ्नै पार्टीको आन्तरिक कलहले प्रधान मन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको लगतै राष्ट्रपति सो को अनुमोदन गरी बैशाख १७ र २७ गते नयाँ निर्वाचनको मितिको घोषणा गरिएको विरुद्ध राष्ट्रपतिले निर्णय फिर्ता लिनका लागि दवाव स्वरुप सो मसाल जुलुस प्रदर्शन गरिएको हो ।
सप्तरीको शम्भुनाथ नपा स्थित कठौना बाजारमा जसपा नेपालले जुलुस सहितको विरोध प्रदर्शन गरिएको छ । ३ नं. क्षेत्रको क्षेत्रिय कार्यसमितिको आयोजनामा भएको सो प्रदर्शन बाजार परिक्रमा गरी कोण सभामा परिणत भएको सो सभाको अध्यक्षता पार्टीका नगर संयोजक चन्द्रकान्त कुमार मण्डलले गरेका थिएभने प्रमुख अतिथिको रुप्मा ३ नं. क्षेत्रका स.स. चन्द्रकान्त चौधरी रहेका थिए ।
पार्टीका नगर संयोजक सरोज कुमार चौधरीले कार्यक्रम संचालन गरिएको सो कार्यक्रममा जसपाका के.सदस्यहरु दिनेश कुमार यादव, विशेश्वर रजक, यूवा संघका के.स. राहुल राय, यूवा नेता जय नारायण यादव, विद्यार्थी नेता रंजित कुमार यादवले आ–आफ्ना धारणा राखेका थिए ।
यसरी नै हनुमाननगर कंकालिनी नपाका अन्तर्गत भारदह बाजारमा जनता समाजवादी पार्टी नेपाल क्षेत्रिय कार्य समितिको आयोजनामा मसाल जुलुस प्रदर्शन गरिएको छ । https://youtu.be/q_1cKryu5fM
पूर्व राजपा र संस.फोरमको संयूक्त रुपमा गरिएको सो प्रदर्शनको नेतृत्व स्थानीय नेता विरेन्द्र माझी र पूर्व राजपाका पूर्व क्षेत्रिय अध्यक्ष रामचन्द्र साहले गरेका थिए ।
मसाल जुलुस भारदह बाजार परिक्रमा गरे पश्चात शहिद राजिव चौकमा कोण सभामा परिणत भएको सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य सूर्य नाथ यादव, वडा ४ का अध्यक्ष नागेश्वर मण्डल, वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मी दास (पुगो बाबा) वडा नं. २ का वडा अध्यक्ष संतोष गोईत यादव स्थानिय नेता जय सुन्दर यादव लगायत लगभग २ सय जना भन्दा वढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।