भूपदेव माली,
राजविराज २० पौष ।
राजविराजमा एक दम्पतिको ९ वर्ष पूर्व एच.आई.भी एडस लागेर मृत्यू भएको सोही दम्पतीकी १६ वर्षिय छोरी यसबेला एडसको रोगबाट शिकिस्त छिन् । रोगीलाई गम्भिर अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
सप्तरीको राजविराज नपा १ चनौरा स्थित पंपनहरको डिलमा घर भएको इन्दल धामी तथा उनकी पटनी दुवै एडस रोग लाग्दा २०६८ बैशाख २ गते पत्नि र ३ दिन पश्चात नै धामीको मृत्यू भएको थियो ।
हाल अस्पतालमा भर्ना भएकी इन्दल धामीकी एक मात्र छोरी अमैयालाई एडस पुष्टी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रण्जित झाले बताए ।
भारतको मधुवनी जिल्लामा विवाह गरी गई सकेकी अमैयालाई पतिले छाडी सकेपछि घरमा एकलै बस्दै गरेकी थिई । रोगले शिकिस्त अवस्था पुर्याएपछि मामा मनोज धामी तथा उनका परिवारहरुले बेला–बेलामा रेखदेख गर्ने गरिएको थियो, अवस्था चिन्ताजनक भएपछि पौष १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।