भूपदेव माली,
राजविराज, २० पौष ।
कोईलाडीमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले पूलको शिलन्यास गर्नु भएको छ ।
तिलाठी कोईलाडी गापा ४ कोईलाडी टोलमा रहेको वर्षो पूरानो जिर्ण काठेपूलको स्थानमा नयाँ पूल निर्माणका लागि सो पूलको शिलन्यास गरिएको हो ।
पूलको निर्माण स्थलमा सोमवार आयोजित शिलन्यास कार्यक्रममा प्रमुख अतिथिको आसनबाट १ करोड ७७ लाख ४० हजारको लागत निर्माण हुने सो पूलको सिंहले उद्घाटन गर्नु भएको हो । आयोजित सो कार्यक्रममा गापा का अध्यक्ष शतिश कुमार सिंह लगायत स्थानीय बुद्धिजीवी भरभलादमीहरुको उपस्थिती रहेको थियो ।
बर्षौ देखि जिर्ण रहेको सो पूलबाट ओहर दोहर गर्दा स्थानीय सम्भावित दुर्घटनाबाट भयभित हुने गर्दा नयाँ पूल बन्न लाग्दा खुशी भएका छन ।