भूपदेव माली,
राजविराज २० पौष ।
सडकको दुवैतिर पेटीमा जथाभावी रुपमा गिट्टी, बालुवा र फलामे मसिनका कवाडीहरु थुपारी सडकपेटी पर्यन्त अतिक्रमण गर्नाले सडक दुर्घटनाको जोखिम बढेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका क्षेत्र अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा यस प्रकारका सडक अतिक्रमण गर्नाले सडकको अवस्था साँघुरो हुदै जादा सो दुर्घटनाको जोखिम बढेको हो ।
नगरका भारदह बाजार क्षेत्रका पश्चिम वडा नं. ३ पोर्ताहा स्थित रामजानकी मन्दिर देखि पूर्व कंकालिनी भगवती मन्दिर सम्म सडक अतिक्रमण भई दुर्घटनाको त्रासमा आउनु जानुपर्ने विवश छन् । अझ त भारदह बाजारका पार्क क्षेत्रमा सडकको पेटीसम्म पसल राख्नाले पसलमा खरिदारी गर्ने ग्राहकहरु सडकमै उभिने भएकाले सवारी चालकहरुलाई सवारी चलाउन अप्ठयारो हुने गरेको छ । अझ त बाजारको पश्चिम पट्टी दैनिकी कृषिहाट सडक पेटीमै राख्नाले सडक अझ साँघुरो भएकोले दुर्घटनाको जोखिम बढेको हो ।
भारदह बाजार व्यवस्थापन लागि रहेको व्यापार संघका पदाधिकारीको मौनताले नगरका जनप्रतिनिधिहरु लगायत इलाका प्रहरी कार्यालय भारदहका प्रहरी प्रशासन तथा शसस्त्र वेश क्याम्पका प्रमुखहरुले बाजार व्यवस्थापन तथा सडक पेटीको अतिक्रमण सम्वन्धी कुनै प्रकारको क्रियाकलाप वा कार्वाही गरिएका छैनन् ।
भारदह बाजार नगरका वडा नं. १,३ र ४ सँग जोडिएकोले तिनवटै वडाका जनप्रतिनिधिहरुको आपूmमा तालमेल नहुँदा व्यावस्थापन तिर वास्ता गरिएको छैन ।
सडक पेटी सम्म पसलहरु राख्नाले अन्य ठूला–ठूला पसलेहरुलाई समेत छेती हुने गरेको स्थानीय व्यापारी विहारी दासले बताउँछन् । उनले ‘फूटकर पसले तथा फलफूलका पसलेहरुले बलजफ्ती सडक पेटीमै पसलहरु थाप्ने गरेको हुदाँ ग्राहकहरुले पक्की सडकमै उभिएर सामग्रीहरु किन्ने गरेको बताउँछन् ।
पटक पटक सम्झाउँदा पनि फलफूलका पसलेहरुले अटेर गर्दै आएका छन् । जस कारण बाजारको सौन्दर्यता नै लथालिङ्ग भएको व्यापार संघका अध्यक्ष कुन्दन मण्डलको भनाई छ । वहाँले हामी प्रहरी प्रशासन समेतको सहयोगमा यी फूटकर पसलेहरुलाई निर्धारित क्षेत्रमा पसल राख्ने प्रयास गरिएपनि २।४ दिन पश्चात पूनः सडक पेटीमै पसल थाप्ने गरेका बताउनु हुन्छ ।