भूपदेव माली,
राजविराज १९ पौष ।
नेकपा ओली पक्षधर तत्कालिन नकपा स्थायी समितिका सदस्य एवं २ नं. प्रदेशका इन्चार्ज सत्य नारायण मंडलले ताजा जनादेशका लागि प्रधानमंत्रीले चालिएको पाईलाको बचाउ प्रति लागी परेको छ ।
सप्तरीको राजविराजमा आयोजित आईतवार अगुवा कार्यकर्ता भेला, अनुशिक्षण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आसिन सो बचाव गरेका हुन् ।
वहाँले ‘ आफ्नै पार्टी भित्रबाट असहयोग गतिविधिले विवश भई प्रधान मंत्रीले संसद विघटन गरी नयाँ निर्वाचनको कदम चाल्नु परेको’ जिकिर गर्दै ‘प्रधानमंत्रीलाई चारैतिरबाट बन्धक बनाए झै’ विभिन्न प्रकारको आरोपहरुको बहानामा सरकारका कामकाज अवरुद्ध पार्ने आफन्तहरुलाई विभिन्न निकायमा नियूक्ति गराउन दवाव दिने जस्ता काम पार्टीका प्रचण्ड–नेपाल समुहले गर्दै सरकारलाई विकट स्थितीमा लाने गरेको आरोप लगाउनु भयो ।
‘ पार्टीको अर्को अध्यक्षको रुपमा रहेका प्रचण्ड सँगै नेपालले सरकारलाई सघाउनुको सट्टा प्रधानमंत्री माथि अविश्वासरको प्रस्ताव, राष्ट्रपति माथि महाअभियोगको तयारीमा रहेको’ जिकिर गर्दै नेता मंडलले भने ‘ त्यसै कारण पनि प्रधानमंत्रीले ताजा जनादेशमा जानु परेको हो ।’
विरोधीहरुले जतिसुकै बहाना वा विरोध गरेपनि निर्वाचन निश्चित नै हुने’ ठोकवा गर्दै नेता मण्डलले कार्यकर्ताहरुलाई चुनावको लागि तयार हुन समेत आग्रह गरे ।
सम्पन्न कार्यक्रममा पार्टीका २ नं. प्रदेश सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले अदालतमा बिचाराधिन रहेको मुद्दामा पनि निर्णयको प्रतिक्षा नगरि बिरोधीहरुले पार्टी भित्र थालेको षडयन्त्र र दुस्प्रचार प्रति सचेत रहन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।
पार्टीभित्रै बिरोधीद्वारा निषेधको राजनीतिक सुरु गरिएको आरोपका साथ उनले प्रधानमन्त्रीले चालेको कदमप्रति सर्वोच्च अदालत तथा पार्टीको आधिकारिताका बारेमा निर्वाचन आयोगको निर्णय कुर्नु नै उचित हुने बताए ।
कार्यक्रममा सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका नवनियुक्त केन्द्रिय सदस्य सुखराम यादव, गंगाप्रसाद यादव, उत्तम गौतम, देवनारायण चौधरी, मो. अब्दुल मजिद सकिर, रत्नेश्वर यादवसहित दुई दर्जन अगुवा कार्यकर्तालाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रिय सदस्य, प्रदेशसभा सदस्य, जिल्ला संगठनका पदाधिकारी एवं यूवा विद्यार्थी अगुवाहरुको सहभागिता रहेको छ ।