भूपदेव माली,
राजविराज, १८ पौष ।
प्रदेश २ सरकारले चट्याङ्ग लागेर मृत्यू भएका परिवारलाई शनिवार आर्थिक सहयोग गरेको छ ।
सप्तरीको राजविराज स्थित रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रम बिच सा ेआर्थिक सहयोग गरिएको हो । मृतकका परिवार सप्तरीको महदेवा गाउँपालिका वडा नं. २ बस्ने रुवि यादव, विणा यादव, डाक्नेश्वरी नपा ९ की ललिता देवी र राजगढ गापा ४ की शिव कुमारी साहलाई मंत्री साहले १–१ लाखको चेक हस्तान्तरण गरिएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा उपलब्ध गराइएको सो चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य विन्देश्वर यादव (बिक्की), जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतका नेताहरु तथा कार्यकर्ताहरुको समेत उपस्थिति थियो ।
महादेवा गाउँपालिका वडा नं. २ बस्ने २८ वर्षीय खरिदार पदमा कार्यरत बेचन यादव, सोही ठाउँका ५५ वर्षीय नकछेदी ठाकुर, राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीका ४५ वर्षीय शिक्षक केशीलाल साह र डाकनेश्वरी नगरपालिका वडा नं. ९ की ३० वर्षीया ललीतादेबी यादवको गत असार ११ गते विहिवारका दिन चट्याङबाट मृत्यु भएको थियो ।
सम्पन्न सोही कार्यक्रममा चेक हस्तान्तरण पश्चात मन्त्री साहले जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुलाई ज्वरो नाप्ने थर्मल गन ५० थान समेत वितरण गरेका छन् ।