ईस्वी सम्बत सन २०२० को विदाई तथा नयाँ वर्ष २०२१ प्रवेशको हार्दिक स्वागत छ । आजको दिन विश्वका प्रायः सबै देशले सन २०२१ को प्रवेशलाई स्वागत गर्न विभिन्न प्रकार घर आँगन, बाटो सडक सृगारिएर बिभिन्न कार्यक्रमहरु गर्दैछन् ।
सन २०२० एउटा विषम र कठिन वर्ष थियो । २०२० मा काभिड १९ कोरोना महामारीले विश्वव्यापी रुपमा प्रलयको ताण्डव प्रदर्शनको कृतिमान कायम नै रहयो । यो महामारीका कारण मानिसहरु संक्रमित हुनु, मृत्यू हुनु भन्दापनि यसबाट सृजित लकडनले धेरै दिनसम्म छतमुनि बस्नु पर्ने विवशताको वेदनामा रुमलिनु परेको इतिहास कायम भएको छ । यस प्रकारका पिडादायक वर्षलाई विदाई गर्दै आउने वर्ष २०२१ ले मानिसको जीवनमा खुशियालीको नयाँ तरङ्ग ल्याउने चाहनामा नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । हामीपनि नयाँ वर्ष २०२१ सुखदायकको कामना गर्दै स्वागत गरौं ।
नयाँ वर्षको प्रवेश हुने अवसरमा हामी प्रायः एक उत्सव नै मनाउने गरेका हुन्छौं ।आजको दिन हामी एकअर्कोलाइृ शुभकामना आदान प्रदान गर्ने, पिकनिक बनभोज गर्ने नृत्य संगित आदिको कार्यक्रम गरी नयाँ सालको पहिलो दिन ब्यतीत गर्छौ, रमाइलो गर्छौ, विभिन्न प्रकारको आनन्द लिन्छौ, मुहारमा खुशीको मुस्कान प्रष्टफूटित भएको हुन्छ । हुन त हामीले नयाँ वर्ष बैशाख १ गतेलाई मान्ने गरेका छौं, बैशाख १ गतेका दिन विक्रम संवतको पहिलो दिनको प्रवेश हुन्छ ।
विक्रम सम्वत सबैभन्दा प्राचिन सम्वत हो । इस्वी सम्वत सारा संसारले मानेपछि विक्रम सम्वत भन्दा ५७ वर्ष कान्छो भएको हो । विक्रम सम्वतको स्थापना चन्द्रगुप्त विक्रमादित्यले गरेका थिए भने इस्वी सम्वतको प्रवर्तक ईसा मासिह हो । हाम्रो नेपालमा राष्ट्रिय सम्वत वि.स. हो भने भारतको राष्ट्रिय सम्वत ‘शाक’ हो जसको प्रवर्तक भारतका कुशाड राजा कनिष्क हो । नेपालमा अव नेवार समुदायले मान्दै आएको नेपाल सम्बतलाई पनि यतिबेला राष्ट्रिय सम्वतको रुपमा मान्यता दिएको छ । यद्यपि संसारका सारा मुस्लिम धर्मावलम्बीले हिजरी सम्वतलाई मान्दछ, जो सम्वतलाई हजरत मोहमदले मक्काबाट मदिना पलायन हुने बेलामा स्थापना गरेका थिए ।

पूरानो वर्ष २०२० को अन्तराल जीवनका तितामिठा, दुःख–पिडा, सबै विर्सेर नववर्ष २०२१ को स्वागत गरौ, यो नयाँ वर्षले तपाई सहित समस्त नेपालीका लागि, सुख शान्ति उन्नती–प्रगति, इज्जत–प्रतिष्ठा, मानसम्मान र समाजिक तथा पारिवारिक सुखसम्वृद्धि अवश्य नै प्रदान गर्नेछ भनि मधेश न्यूज परिवारको हार्दिक शुभकामना छ ।