लिलाकान्त यादव,
राजविराज १६ असोज ।
जसपाका नेता धर्म नारायण रायको शुक्रवार निधन भएको छ ।
सप्तरिको तिलाठी कोईलाडी गापा वडा नं. ५ बनरझुला बस्ने स्व. राय गजेन्द्र नारायण सिंहका राजनैतिक काल देखि सदभावना पार्टीका एक इमान्दार तथा लगनशील नेताको रुपमा स्थापित थिए । सदभावना पार्टीका जिल्ला अध्यक्ष समेत रही गाउँ विकास समितीका अध्यक्ष समेत हुनु भएको थियो । पार्टी विखण्डन पश्चात राजपामा प्रवेश गरी मधेश आन्दोलन २ मा सक्षम नेतृत्व प्रदान गरेका थिए । हाल जसपाका केन्द्रिय नेताको रुपमा रही पार्टीका कार्य सम्पादन गरीरहनु भएको वहाँको राजनैतिक वृतान्त हो ।
स्व. राय मधुमेह रोगबाट पिडित हुनु हुन्थ्यो र यसै घडीमा कोरोना संक्रमणको चपेटामा परि उपचार गर्दागर्दै मृत्यू भएको बताइएको छ ।
जसपाले पूनः एक इमान्दार र कर्मशील नेता गुमाउनु परको छ । स्व. नेता रायका परिचित एवं गाउँ शोकाकुल भएको छ ।