मधेश न्यूज सम्वाददाता,
पर्सा १५ पौष ।
समाजिक विकास मन्त्रालय जनकपुरधामबाट सम्पादन हुने निर्णय लगायतका कार्यहरुका लागि समाजिक विकास ईकाई पर्साको बुधवार उद्घाटन भएको छ ।
प्रदेश नं. २ का समाजिक विकास मंत्री नवलकिशोर साहले प्रमुख अतिथिको रुपमा उद्घाटन गरिएको सो इकाई कार्यालयको समुद्घाटन समारोहमा विशेष अतिथीको रुपमा प्रदेश सभा सदस्य रमेश पटेल, माननीय मो. जन्नत अंसारी, पूर्व सभासद करिमा वेगम, जसपाका के.स. नेजामुदिन समानी लगायतका उपस्थिती रहेको थियो ।
इकाई प्रमुख गोपाल कडेलको अध्यक्षतामा सम्पन्न सो उद्घाटन प्रदेशका पश्चिमी क्षेत्रलाई विकास गर्ने उद्देश्यले स्थापना गरी सो को उद्घाटन भएको हो ।
पर्सा जिल्लाको विरगंजमा उदघाटन भएको सो समारोहमा मन्त्री साहले बोल्नुहुदै– ‘प्रदेश २ का सर्वाङ्गि विकासका लागि इकाई कार्यालय स्थापना भएको हुदाँ अब यस क्षेत्रका विकास प्रकृया सहज बन्न गएको’ बताउनु हुदै वहाँले– पाँच वर्ष भित्र प्रदेश २ का विकास संरचनामा अभूतपूर्व परिवर्तन गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।