भूपदेव माली,
राजविराज १३ पौष ।
तेल टैंकरले टक्कर हान्दा साईकल सवार एक किशोरीको उपचारको क्रममा मृत्यू भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह बाजार स्थित पूर्वपश्चिम लोकमार्गमा भएको सो दुर्घटनामा तिरहुत गापा ३ बस्ने देव नारायण दासकी छोरी लक्ष्मी कुमारी दासले दुध बोकेर बाटो काट्ने अवस्थामा सो ठक्कर हानिएको हो । ना.४ ख. ३७३३ नम्वरको सो टैंकरले ठक्कर हानी इलाका प्रहरी कार्यालय भारदहको प्राँगनमा रोकिएको थियो ।
इलाका प्रहरी कार्यालय भारदह र शसस्त्र बेस क्याम्प भारदह बाजारको नजिकै भएतापनि समयमै घटना स्थलमा नपुग्दा आक्रोशित स्थानियहरुले तत्काल सडक जाम गरेका थिए । बिहान ९ः३० बजे भएको सो घटनाको दुई घंटा पछि मात्र प्रहरी प्रशासन आएर झण्डै दुई घण्टासम्म अवरुद्ध रहेको सडकलाई खोल्न पहल गरेका थिए ।
घाईते किशोरीलाई उपचारका लागि भेन्टीनेटर सहितको अस्पताल विराट नसिंङ्ग होम विराटनगरमा लगिएको क्रममा मृत्यू भएको हो ।
प्रशासनको लापर्वाहीले घटना स्थलमा तत्कालै प्रहरी प्रशासन नपुग्दा पूर्व पश्चिम आवतजावत गर्ने यात्री तथा सवारी साधनहरुलाई सास्ती भोग्नु परेको थियो ।
किशोरीका माता पिता भारदह बाजार स्थित एक होटल ब्यवसायी हुन । होटलका लागि दुध किनेर फर्किने बेलामा सो दुर्घटना भएको प्रत्यक्षदर्शीहरु बताउँछन ।