भूपदेव माली,
राजविराज ११ पौष ।
सप्तरीको राजविराज स्थित वर्ल्ड भिजन मोडर्न मा.वि. तथा क्याम्पसमा कक्षा ११ का छात्रछात्राहरु लाई स्वागत एवं कक्षा १२ का छात्रछात्राहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरी जिल्लाकै सबैभन्दा उत्कृष्ट शिक्षा प्रदान गरिने विद्यालयको रुप्मा प्रसिद्धि प्राप्त गरिएको सो क्याम्पसमा आयोजित स्वागत तथा विदाई कार्यक्रमका अध्यक्षता क्याम्पसका संस्थापक अध्यक्ष महेन्द्र प्रसाद साहले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल प्याब्सनका केन्द्रिय अध्यक्ष देवनाथ यादव रहनु भएको थिए ।
कार्यक्रममा २५० भन्दा बढी छात्रछात्राहरु, प्राध्यापकहरु डा. मनिष झा , सुमन ठाकुर , इन्द्र बहादुर थापा ,सुुुभाष साह , बबली साह , रेेेखा ठाकुर , सुरेस प्र साह, ध्रुुब कुमार मन्डल , लगायत, पत्रकारहरु र कर्मचारीको सहभागिता रहेको सो कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीहरु समेतले शिक्षा तथा क्याम्पस विषयमा आ–आफ्ना धारणाहरु राखेको थिए ।
विज्ञान, शिक्षा, बाणिज्य, मानविकी सन्कायका मा शिक्षा प्रदान गरिने सो क्याम्पसले स्थापना कालदेखि डाक्टर, इन्जिनियर, पत्रकार जस्ता उच्च ओहदामा पुगेका छात्र–छात्राहरु उत्पादन गरी गौरव प्राप्त यो क्याम्पस निकट भविष्यमा अन्य–अन्य विषयका शिक्षा प्रदान गरिने क्याम्पसका संस्थापक एवं रा.शि. मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादवले भने ।
शिक्षा जगतमा वर्ल्ड भिजन मा.वि तथा क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरिदै निकट भविष्यमा ३ करोडको लागत तथा निर्माण भईरहेका क्याम्पसका आफ्नै भवनमा प्रवेश गरिने क्याम्पसका प्रध्यापक शम्भु कुमार यादवले प्रतिवद्धता ब्यक्त गर्नु भयो । यो क्याम्पसले योग्य, क्षमतावान विद्यार्थीहरुको उत्पादन गरी जिल्लामै किर्तिमान कायम गरिने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य बैजनाथ चौधरीले दिएका थिए । प्रध्यापक नविन कुमार कर्णले संचालन गरिएको सो कार्यक्रममा विदाई गरिएका छात्रछात्राहरु लगायत सेवारत प्रध्यापक, पत्रकारहरु दोसल्ला ओढाई डायरी तथा कलमले सम्मान गरेका थिए ।