भूपदेव माली,
राजविराज ०४ पौष ।
राष्ट्रिय शिक्षक मंचको आयोजनामा सप्तरीको हनुमाननगर कंकालिनी नपाको हनुमाननगर स्थित संजय मेमोरियल सभा हलमा शिक्षक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षक मंचको नगर समिति विस्तार गर्ने उद्देश्यले सो छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय शिक्षक मंच सप्तरीका अध्यक्ष सुकदेव यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि नगरका मेयर शैलेश कुमार साह रहेका थिएभने विशिष्ट अतिथिको रुपमा राजपाका क्षेत्रिय अध्यक्ष रामचन्द्र साह रहेका थिए ।
कार्यक्रममा भारतको पंजाब भन्दा सातगुना वढी उपजाउ भूमि मधेशको भएपनि नेपाल सरकारको विभेद दृष्टिले गर्दा यहाँका निरिह किसान उचित मलखाद, सिचाई प्रयाप्त नहुदा यूगोै देखि पिडित रहेको भन्नु हुदै प्राध्यापक सुमन ठाकुरले कार्यक्रममा सहभागीहरु लाई स्वागत गर्नु भएका थिए ।
कार्यक्रममा जय सुन्दर यादव, चुनचुन यादव, कमल मेहता, राजेन्द्र यादव, विद्यार्थी नेता विशेश्वर मंडल, सुभाष कुमार साह लगायतका नगरका विभिन्न विद्यालयहरुबाट आएका शिक्षक शिक्षिका सहितको उपस्थिती रहेको थियो ।
शिक्षक राजकुमार मंडलले मंच संचालन गरिएको कार्यक्रममा राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव संगठन सम्बन्धी धारणा प्रस्तुत गरेका थिए । यसरी नै विद्यार्थी नेता शम्भु कुमार यादवले देश नेकपा र काँग्रेस भन्दा पनि शक्तिशाली दलको रुपमा परिणत भएको जनता समाजवादी पार्टी नेपालले मधेशी, मुसलिम, आदीवासी सहितको समुचित अधिकार प्राप्तिका लागि लडिने भएकोले हामी शिक्षकहरुले पनि आ–आफ्नो स्थानबाट सहयोग गरिनु आवश्यक भएकोले राष्ट्रिय शिक्षक मंचमा आवद्ध भएर अधिकारको शिक्षण पेशा समेत संरक्षण गर्नुपर्ने मनतव्य दिनु भएको थियो ।