भूपदेव माली,
राजविराज ०१ पौष ।
विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा २०० जनाको हाराहारीमा यूवाहरु बुधवार प्रवेश गरेका छन् । सप्त्रीको शम्भुनाथ नपा ३ को ट्राफिक चौक स्थित वडा कार्यलयमा जसपा सप्तरी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अशोक कुमार मंडलको नेतृत्वमा सो यूवाहरु प्रवेश गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टीका बरिष्ट नेता अशोक कुमार राईले नवप्रवेशी यूवाहरुलाई टिको लगाई प्रवेश गराएका छन् । वहाँले आफू विगत लामो समय सम्म नेपाल कम्यूनिष्ट पार्टीमा रही संघियतामा मधेशी, मुस्लिम, आदिवादी, दलित जनजातिहरुको समूचित अधिकार प्राप्ति हुने पखाईमा रहेको तर कम्यूनिष्ट पार्टीले सो अधिकारको समूचित व्यवस्था संविधानमा समेटन नसकेर जसपा सँग समायोजन भई अधिकारको संघर्षमा लागेको बताउनु भयो । वहाँले ‘अब जसपा देशको एक शक्तिशाली दलको रुपमा परिणत भएको र निकट भविष्यमा उपरोक्त अधिकारहरु प्राप्त गरिने बताउनु भयो ।
पार्टीका नगर संयोजक सरोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व राजपा तथा पूर्व ससपाको वडा स्तरीय समायोजन समेत भएको थियो । संगठन विस्तारको उद्देश्यले आयोजित सो सम्पन्न कार्यक्रममा जसपाका केन्द्रिय सदस्य दिनेश यादव, के.स. विनोद चौधरी, के.स. रामेश्वर मण्डल सप्तरी जिल्ला अध्यक्ष केदार यादव, विद्यार्थी नेता रंजित कुमार यादव, विद्यार्थी नेता शम्भु यादव, चितरंजन यादव लगायतका सहभागिता रहेको सो कार्यक्रममा स्वागत मन्तव्य गौरी शंकर साहले राखेका थिए ।