भूपदेव माली,
राजविराज, २९ मंसिर ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन ।
सघन सहरी विकास तथा भवन निर्माण योजना सप्तरीको लागतमा रु. २,५३,०००००।– मा नवनिर्मित उक्त भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने वचनवद्वता समेत दिनुभयो ।
वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव, ज. स. पा. केन्द्रिय सदस्य जयप्रकाश ठाकुर,पुनम कुमारी यादव, हनुमानगर कंकालिनी नगरपालिका सप्तरीका उपप्रमुख सरिता देवी यादव लगायतको सहभागीता रहेको थियो ।
सो समारोहमा मन्त्री साहले जग्गा दाता शैलेन्द्र चन्द्र झाको दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । कार्यक्रममा वक्ताहरु प्राध्यापक कुसुमकान्त झा, डा. जयनारायण मण्डल, राजनीतिक विश्लेषक देवेश झा, पूर्व माननीय नागेन्द्र झा, जिल्ला समन्वय समितिका सभापति प्रभाकार यादव, उपमेयर सरिता देवी यादव, जसपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले नवनिर्मित स्वास्थ्य चौकीमा सडकको निर्माण सम्बन्धमा धारणा राखेका थिए ।
कार्यक्रममा भवन निर्माण गर्न सातकट्ठा जग्गा बुवा पूर्व जिविस सभापति कृष्ण देव झा पत्नी तारा देवी झा को स्मृतिमा निजका कान्छा छोरा शैलेन्द्र चन्द्र झा पत्नि संजु देवी झा ले प्रदान गर्दै वहाँको अथक प्रयासले सो बजेट समेतको व्यवस्था गरिएको थियो । विशिष्ट अतिथीको रुपमा झाले भन्नु भयो चौकीमा पर्खाल निर्माण, सडक निर्माण अ.न.मी.को नियूक्ति, पालेको माँग मंत्री जी समक्ष राख्दै आफुले पूर्व पनि मधवापुर गा.वि.समा विद्युत ट्रान्सफर्मर तथा पोलको व्यवस्था एवं खेल मैदानमा रु.१० लाख माटोको कार्य गरिएको बोल्दै आउँदो समयमा पनि यथासम्भव सहयोग गरिने बताउनु भयो ।