भूपदेव माली
भदौ ११ गते, सप्तरी।
सप्तरीको हनुमाननगर कंकाल्ने नगरपालिका वडा नं १ भारदह स्थित रहेको कोशी ब्यारेजको कोशी नदीमा जन्माष्टमीको मूर्ति सिलाउनेहरूको व्यापक भिड रहेको थियो।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तयार पारिएका माटोका मूर्तिहरू आज विधिवत रूपमा नदी वा तालमा सेलाउने परम्परा अनुरूप सप्तरी र सिराहाका अधिकांश मूर्तिहरू कोशी ब्यारेज स्थित कोशी नदीमा सेलाउने पुगेका हुन्।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदै गरेको क्रममा जन्माष्टमी देखि हिजो मेला र पूजापाठ सकेपछि आज को दिन मूर्तिलाई विसर्जन गर्न नदी वा तालमा माटोले बनाएका मूर्तिलाई सेलाउने गरेका मिथिलाको परम्परा रहिआएको छ । कोशी ब्यारेजको पूर्व र पश्चिम दुवै किनारमा संकीर्ण सडकका कारण मूर्ति सेलाउने गाडीहरूको भीडले गर्दा अन्य सवारी साधनलाई शास्ती भोग्नुपरेको थियो।
कोशी ब्यारेजको पूर्वी तथा पश्चिमी किनारको दुवै तिर बुधबार बिहान १० बजेदेखि ५:३० बजेसम्म हजारभन्दा बढी मुर्ती सेलाउने मोटर गाडीहरु पुगेका थिए।