भूपदेव माली,
सिरहा, २८ मंसिर ।
सिराहा अस्पतालमा जडान भएका पिसिआर ल्यावको उदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन । कोभिड १९ कोरोना महामारीको प्रकोप न्यून गर्न आवश्यक जाँच सेवामा बढोत्तरी गर्ने उद्देश्यले प्रदेश नं. २ मा पिसिआर प्रयोगशालाको अभाव रहेको स्थितीलाई सहज बनाउन सो पिसिआर प्रयोगशालाको उद्घाटन भएको हो ।
पिसिआर प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकारले केन्द्रसरकारलाई पख्रेर नबस्ने अब प्रदेश सरकारले नै आफ्नो सक्षमता तिर लागेको वताउनु हुँदै त्यसै अनुरुप आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको वताए ।
सिराहा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न सो समाहरोहमा जिल्ला समन्वय समिति सिराहाको सभापति,सामाजिक विकास मनत्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक विजय कुमार झा,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सिराहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख, मे. सु. नागेन्द्र प्रसाद यादव लगाायतको उपस्थित रहेको थियो ।