भूपदेव माली
जेठ १९ गते, सप्तरी।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको मनोपली क्रियाकलापलाई सच्याउन एवं पत्रकारहरूको मार्ग प्रशस्त पार्न शनिबार प्रेस चौतारी नेपाल शाखा सप्तरीले विज्ञप्ति जारी गरेको छ।
नेपाल पत्रकार महासंघकाे सर्वाेच्च निकाय महाधिवेशनले दिएकाे निर्देशन अनुरुप बैशाख मसान्तसम्म महासंघकाे सदस्यता नामावली सार्वजनिक गरिसक्नुपर्नेमा जिल्ला शाखा, प्रदेश समितिका निर्णय र सिफारीस विपरित मनाेमानी ढंगले सदस्यता हेरफेर थपघट गर्ने बदनियतका साथ नेपाल पत्रकार महासंघ अगाडि बढेपछि उत्पन्न बिवादका कारणले केन्द्रीय कार्यालय लगायत विभिन्न शाखाहरुमा भइरहेकाे तालाबन्दी र बिराेध प्रदर्शनप्रति प्रेस चाैतारी नेपाल शाखा सप्तरीकाे गम्भीर ध्यानाकार्षण भएकाे विज्ञप्तिमा उल्लेख छ।
जारी विज्ञप्तिमा सदस्यता शुद्धिकरण सहितकाे नामावली हालसम्म सार्वजनिक गर्न नसक्दा जेष्ठ २६ गतेका लागि निर्धारित महासंघकाे निर्वाचन समेत अन्याैलमा परेकाेमा गम्भीर चिन्ता व्यक्त गर्दै महासंघ शाखाले याेग्य र क्रीयाशिल पत्रकारहरुलाई सदस्यता नदिने कार्यप्रति घाेर भत्सर्ना गर्दै तत्काल नयाँ सदस्यका लागि प्राप्त भएका निवेदनमाथि छलफल गरि नयाँ सदस्यताका लागि आवश्यक पहल गर्न माँग माङ समेत गरेको छ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष डम्बर राईद्वारा जारी विज्ञप्तिमा महासंघकाे निर्वाचन संघारमै आइसक्दा पनि सदस्यताकाे अन्तिम नामावली टुङ्गाे लगाउन नसक्ने र जारी तालाबन्दी खाेलाएर निर्वाचनकाे वातावरण सहज बनाउन नसक्ने महासंघकाे नेतृत्वप्रति खेद प्रकट गर्दै यथाशिघ्र सदस्यताकाे नामावली टुङ्गाे लगाएर निर्वाचनकाे सहज वातावरण बनाउन जाेडदार माँग गरेको छ।
प्रेस चौतारी नेपाल शाखा सप्तरी का कञ्चनरूपमा सम्पन्न बैठकले निष्कर्षद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे निर्वाचनका र आगामी नेतृत्वका लागि क्रीयाशिल पत्रकारकाे साझा संगठनकाे स्वरुप दिन क्रीयाशिल सबै पत्रकार संघ संगठनबीच सर्व सम्मत निर्णयका साथ अघि बढ्न हार्दिक आव्हान गर्दै साझा सहमतिलाई पहिलाे प्राथमिकता दिदै सर्व सम्मत कार्य समिति निर्माण हुन सक्ने अवस्था नबनेमा विभिन्न संगठनहरुसंग वार्ता र छलफल गरि अगाडि बढ्न प्रेस चाैतारी नेपाल सप्तरी शाखा तत्पर रहेकाे जानकारी गराउदै सहज वातावरणमा नयाँ नेतृत्वकाे लागि हुने निर्वाचनमा सबै संगठनहरुकाे सहयाेगकाे बिश्वास गरिएको छ।