भूपदेव माली
जेठ ८ गते, सप्तरी।
भारदहमा एकजना २६ वर्षीय युवकको करेन्ट लागेर मृत्यु भएको छ।
मङ्गलबार रोकिराखेको ट्रकमाथि चढेर जिलेबीको रुखबाट जिलेबीको फल टिप्दा नजिकै रहेको ११ हजार भोल्ट भएको बिजुलीको तारलाई छुँदा करेन्ट लागेर युवकको मृत्यु भएको हो।
सप्तरीको हनुमाननगर कङ्काली नगरपालिका वडा नं १ स्थित पूर्वपश्चिम लोकमार्ग छेउ मोटर गाइरेजमा मर्मतका लागि रोकि राखेका ट्रकको हुडमा चढेर जिलेबीको रुखबाट जिलेबी टिप्न लाग्दा बिजुली तारलाई छुदां युवकको उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा मृत्यु हुन गएको प्रत्यक्षदर्शीहरुले बताए।
मृतक युवक जिल्ला उदयपुर त्रियुगा नगरपालिका गाईघाट बस्ने सुनिल कुमार चौधरी रहेको पहिचान भएको छ। जो ट्रकका सहचालक भएको थाहा भएको छ। मृतकका सबलाई पोस्टमार्टमका लागि तयारीमा रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।