भूपदेव माली,
राजविराज २६ मंसिर ।
मंसिर वित्नै लाग्दा सम्म पनि तरकारीको दरभाउ चरममै रहेको छ । यो वर्ष जस्तो महगो तरकारी कुनै वर्ष नरहेको सर्वसाधारण एवं ग्राहकहरुले बताउँछन् ।
कृषि उपजको लागि उर्वरभूमि मानिसको मधेशमा पनि यो वर्ष तरकारी खेती सरकारको कृषि प्रति अदुर्शिताका कारण पछाडी पर्न गएको हो । मधेशमा तरकारीको विउविजन तथा रसायनिक मलखादको अभावमा प्रर्याप्त मात्रामा करेसावारी खेती हुन नसकेको हनुमाननगर कंकालिनी नपा अन्तर्गत कृषक दिलीप यादवले प्रतिक्रिया दिन्छन् । यस्तै कोरोना महामारीका कारण सरकारले देशमा लगाएको लकडनको कारण कृषकहरुले कृषि सम्वन्धीका फुटकर सामग्रीहरु आयात गर्न नसक्दा खेती क्षेत्रमा भारी नोक्सानीको सामना गर्नु परेको छ ।
विश्वव्यापी लकडन सँगै नेपाल भारत सिमामा आवतजावत गर्नाले सर्वसाधारण कृषकहरुले भारतबाट विउविजन तथा कृषि उत्पादनका रसायनिक मलखाद आयात गर्न नसक्दा करेसावारीका किसानहरुलाई भारी नोक्सानी बेहर्नु परेको छ । यो वर्ष एकै मौसममा गहुँ बाली तथा तरकारी खेती लगाउने कार्य पर्न गएकोले मलखादको अभाव भएको स्थिती सृजितसँगै आलु विउको मूल्य चरम सिमामा पुगेको छ ।
पोखराज आलु ४५०० देखि ४८०० रुपैया प्रति ५० किलो र साइठी आलु ३०००।– देखि ३३०० रुपैया प्रति ५० किलोको प्याकेट विक्री भएको पाएको छ । यसैगरी तरकारी बाजारमा नया आलु ७० रुपैया देखि १०० रुपैया सम्म प्रति किलोको भाउदरमा ग्राहकले खरिद गर्नुपर्ने अवस्था छ । भारतीय नाका छेउछाउ केही सस्तो दरमा गोभीहरु विक्री भएपनि रु. ५० देखि ७० रुपैया प्रति किलो विक्री भईरहेको हनुमाननगर कंकालिनी नपा अन्तर्गत रहेका भारदह बाजारका तरकारी व्यपारी इन्द्रदेव महतो (पिन्टु) ले बताउँछन् । हाल नेपालमा तरकारी उपजको अभावमा सिमापारीबाट केही फूटकर व्यापारीहरुले लुकीछिपी नेपालमा विक्री वितरण गरेतापनि बोर्डर चेकजाँच एवं प्रहरीहरुलाइृ कर तिर्दै जाँदा महगो दरमा नै खरिद गर्नु परेका भारदह बाजारका थोक तरकारी विक्रेता धिरेन्द्र माझीले बताउँछन् ।
बोर्डर सिलका कारण लामो समय सम्म जनताले ठूलो छति बेहर्नु परेको छ । अबपनि सिमा नखोलिएमा हाम्रो नाकामा धर्ना दिने कतिपय समाजसेवीहरुले आफ्नो धारणा राख्छन् ।