भूपदेव माली
भारदह ९ चैत्र ।
नेपाल सरकारका नव नियूक्त वन मन्त्री नवल किशोर साह (रामबाबु) शुक्रवार सप्तरी आएका छन् ।
सप्तरीको क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी तर्फ प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री साहलाई राजविराज विमान स्थलमा भव्य स्वागत गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष केदार यादवको नेतत्वमा जसपाका जिल्ला स्तरीय नेता एवं कार्यकर्ताहरु विमानस्थल पुगेर फूल माला,अविर द्वारा भव्य रुपमा स्वागत गरेका हून् । मोटरसाइकल एवं चारचक्के गाडी सहित हजारौंका संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरुले मन्त्री साहलाई विशिष्ट कक्षदेखि स्वागत गर्दै राजविराज हुदै हनुमानगरसम्म पुगाएका थिए ।