भूपदेव माली
चैत्र ९ गते, सप्तरी ।
रोयल सेकेन्डरी स्कुल भारद बजारका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई विदाई गरेका छन्।
कक्षा १० का विद्यार्थीका लागि यही चैत्र १५ गते बाट हुने एस.ई.ई.परिक्षा हुने हुदा कक्षा ९ का विद्यार्थीहरू द्वारा शुक्रबार एक कार्यक्रमका बीच विदाई गरेका हुन्।
रोयल सेकेन्डरी स्कुलमा परम्परागत रुपमा आयोजन हुदै आएका विदाई कार्यक्रम यस वर्ष विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएकोमा कक्षा ९ र कक्षा १० का विद्यार्थीहरूले सहभागी भएका थिए।
शिक्षक नरेश झाले मञ्च सञ्चालन गरिएको कार्यक्रममा कक्षा १० का विद्यार्थी सावन राय,फूलेश्वर मण्डल, युवराज बहरखेर, शिक्षक श्रवण कुमार मण्डल, शम्भु यादव, दिपक यादव, ईलाका प्रहरी कार्यलय भारदहका प्रमुख प्र.ना.नी. पप्पु झा, हवलदार योगेश मण्डल, प्रिन्सिपल देवनाथ यादवले कक्षा १० का विद्यार्थीले एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक प्राप्तिका कामना एवं विद्यार्थी जीवन आचरण, शिक्षा विषयक विविध विष्लेषण सहितका शुभकामना ब्यक्त गरेका थिए।
सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी देवकृष्ण साह द्वारा कक्षा १० का विद्यार्थीलाई कापी कलम आदि प्रदान गरि एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्न एवं उच्च शिक्षा आर्जन गर्न प्रोत्साहित गरेका थिए।
‘ रोयल सेकेन्डरी स्कुलमा कक्षा १२ सम्म शिक्षा, वाणिज्य, जनसङ्ख्या आदि संकायमा समेत अध्ययन – अध्यापन हुने गरेकाले यस कार्यक्रमलाई पुर्ण रुपमा विदाइ कार्यक्रम भन्न नसकिने’ बताउनुभयो।