भूपदेव माली
राजविराज, १३ फागुन । शिक्षाको विकासमा कलमको माध्यमले उल्लेखनीय योगदान दिएको भन्दै सप्तरीको भारदहमा तीनजना पत्रकारलाई सम्मान गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ पोर्ताहा स्थित रोयल सेकेण्ड्री स्कुलमा आइतवार आयोजित एक कार्यक्रम मार्फत वरिष्ठ पत्रकार वैद्यनाथ झा, पत्रकार अशोक कुमार झा र पत्रकार भुपदेव मालीलाई सम्मान गरिएको हो ।
सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर प्रसाद यादवको अध्यक्षतामा आयोजित “बालबालिका, अभिभावक तथा शिक्षकबीचको सदभाव -सम्बन्ध सुदृढीकरण एवं सांस्कृतिक” कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति सप्तरीका निमित्त प्रमुख विजय कुमार यादव रहेका थिए ।
सोही कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिए वापत पूर्व प्रधानाध्यापकहरु शोभित लाल यादव, बलबिर यादव, जयसुन्दर यादव, भोगे्रन्द्र साह सहित प्रधानाध्यापकहरु तैयूब खान, राज कुमार मण्डल, राजदेव यादव, जगदेव मण्डल, अशोक कुमार यादव, सतिष दास, गणेशी यादवलाई सम्मानीत गरिएको विद्यालयका प्रधानाध्यापक देवनाथ यादवले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षक परविन कुमार मण्डलको नेतृत्वमा रोयल विद्यालयका ६२ जना छात्रछात्राहरुले संस्कृति झल्किने खालका अभिनय तथा नृत्य प्रस्तुत गरेको देखेर उपस्थित अभिभावकहरुको आँखा समेत रसाएका थिए । “अनारबत्ती डोमनी तोर डोम क त गेलौं” “नै करबै विआह हौ बाबु हमरो पढ दिअ” “जिना है पापा शराव मत पिना” लगायतका गीतहरुमा अभियन तथा नृत्य प्रस्तृत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि यादवले शिक्षा क्षेत्रमा विद्यार्थीहरूका लागि अतिरिक्त क्रियाकलाप को तहत नृत्य ,गीत,संगीत ,वक्तृत्वकला, साहित्य आदि कार्यक्रमहरू गर्ने क्रममा यस विद्यालयले आयोजना गरिएको सांस्कृतिक कार्यक्रम सराहनीय भएको बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिहरू वडा नं ३ का वडाध्यक्ष विजयकुमार यादव। पूर्व शिक्षक बल्वीर यादव। पूर्व शिक्षक जयसुन्दर खिडहरी यादव विद्यालयका प्रिन्सिपल देवनाथ यादव मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव। तथा अतिथिहरूमा पूर्व शिक्षक भोगेन्द्र शाह, बि पी आधारभूत विद्यालय अर्जीका प्र.अ. राजदेव यादव, गीदखोरा आधारभूत विद्यालयका प्र अ अशोक शाह, भलुवा विद्यालयका प्र अ अशोक कुमार यादव, इनरवा विद्यालयका प्र जगदेव मण्डल, मधवापुर माविका प्र अ गणेशी यादव, दक्षिण टोल भारदह विद्यालयका प्र राजकुमार मण्डल, मदरसा हनुमानका प्र अ तैयुब खान समेतको उपस्थिति रहेको थियो।।