भूपदेव माली
माघ ७ गते, सप्तरी।
जनमत पार्टीका वडा अधिवेशन भारदहमा सम्पन्न भएको छ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर १ का जनमत पार्टीका वडा अधिवेशन सम्पन्न भएको हो।
आइतबार भारदहका कंकालिनी मन्दिर प्राङ्गणमा रहेको पार्टी प्यालेसमा सम्पन्न अधिवेशनको खुला मञ्चका अध्यक्षता कार्यवाहक वडा कमिटी अध्यक्ष अशोक गाइमको अध्यक्षता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य मोहम्मद सकिल अलिको प्रमुख अतिथिमा सम्पन्न अधिवेशन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी र अतिथिहरूमा केन्द्रीय सदस्य करुणा मण्डल, केन्द्रीय सदस्य थानेश्वर साह, महिला जिल्ला कमिटी अध्यक्ष रेखा मण्डल, महिला नगर कमिटी अध्यक्ष ऊषा साह लगायतका उपस्थिति रहेको थियो।
विनोद रजकले मञ्च सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रमानन्द मण्डल राखेका थिए भने कुन्दन कुमार मण्डल थानेश्वर शाहले शुभकामना मन्तव्य राखेका थिए। महिला तथा पुरुष कार्यकर्ताहरु द्वारा हल खचाखच भरिएको कार्यक्रममा नगर प्रमुख बीरेन्द्र माझीले ” नगरपालिकामा हाम्रो पार्टीको बहुमत नभए पनि भारदह अस्पताललाई १५ सैयाबाट ५० सैयाको प्रादेशिक अस्पतालका लागि आवश्यक पहल गर्दै भारदहका बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयलाई टेन प्लस टु सम्मको पठनपाठन सञ्चालन गर्दै भवन निर्माण गर्न साढे १२ करोडको कार्य हुने भएको बताउनुभयो ,उहाँले भारदहमा कृषि हाट बजारका लागि भवन निर्माण गर्न १५ करोडको निर्माण कार्य भइरहेको बताउँदै तालिम भवन निर्माण अधुरो भवनलाई पूरा गरेपछि तालिम केन्द्र पनि सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि द्वारा गरिएको थियो।