भूपदेव माली,
राजविराज २३ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ छपकीमा जनविद्रोहमा शहादत प्राप्त गरेका शहिद नागेश्वर यादव एवं खुशी लाल यादवको शालिक अनावरण भएको छ ।
रुपनी गाउँपालिकाको आयोजनामा सम्पन्न सो अनवरण कार्यक्रममा विशिष्ट अतिथी रा.स.स. मृगेन्द्र कुमार सिंह(राजबाबु) एवं प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु) रहेका थिए भने अतिथिहरुमा प्रदेश सभा सदस्य मनिष सुमन, माननीय चन्द्रकान्त चौधरी, माननीय नेत्रविक्रम साह, जि.स. स.का सभापति एवं जसपाका के.स. प्रभाकर यादव, राजविराज नपाका मेयर शम्भु यादव, पूर्व सभासद सूर्यनाथ यादव, तिलाठी कोईलाडी गापाका अध्यक्ष सतिश सिह, जसपा अध्यक्ष मण्डल समिति सदस्य रामप्रित यादव, हरेराम यादव, जसपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर विद्यार्थी नेता शम्भु कुमार यादव लगायतका रहेका थिए ।
मधेश जनविद्रोहमा शहादत प्राप्त गरेका शहिद खुशीलाल यादव एवं शहिद नागेश्वर यादवको वास्तविक श्रद्धाञ्जली मधेशी तथा जनजाती समुचित अधिकारको राज्य द्वारा प्रत्याभूत भए मात्र हुने ‘कुरा प्रमुख अतिथिको रुपमा नव निर्मित सो शहिद द्वयको अनावरण गर्दै जसपा नेपालका बरिष्ट नेता राजेन्द्र महतोले बताए । वहाँले’ मधेशी दलको लामो आन्दोलनको पश्चात पनि आंशिक अधिकार मात्र प्राप्त भएको छ र थप अधिकारको लागि छुट्टछुट्टै रुपमा रहेका राजपा तथा स.स.पार्टी मिलेर एक भई एक शक्तिशाली दलको रुपमा उभिएका छौं । छिट्टै नै पहाडतिर छरिएर रहेका जनजातिहरुलाइृ समावेश गरी समुचित अधिकारको लडाईमा अघि बढने’ भन्नु भयो ।
गापा अध्यक्ष हरेराम यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन जसपाका यूवा नेता लक्ष्मण यादवले गरेका थिए । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य दिनेश यादवले स्वागत मन्तव्य राखेका थिएभने वक्ताहरुमा राजविराज नपाका उपमेयर साधना झा, दलित नेता विशेश्वर रजक लगायतकाले मधेश जनविद्रोहमा आफ्नो जीवनत्याग गरि शहादत भएको प्रति श्रद्धाञ्जली दिदै शहिदको सपना साकार पार्न जसपा निरन्तर अगाडी वढी रहेको धारणा राखेका थिए ।