भूपदेव माली
कार्तिक १० गते सप्तरी।
‘वन विनाश भए ,हामी सबै को विनाश बुझ्नु पर्छ ‘, उदाहरण दिदै मानव, पशुपंक्षी एवं समस्त जीवजन्तुहरुलाई स्वास्थ तथा दीर्घकालीन जीवन प्रदान गर्न वन-जगंलको विकास र संरक्षण गर्नु आवश्यक भएको प्रतिनिधि सभा सदस्य एवं मधेश प्रदेशका पूर्व समाजिक बिकास मन्त्री नवलकिशोर साहले बताउनु भएको छ।
शुक्रबार श्री सुन्दरी सामुदायिक वन उपभोक्ता समूह कंचनरुप ११ र १२ को २१ औं वार्षिक सधारणसभा कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सासंद साहले एमाओवादी सो कुरा बताउनु भएको हो।
उहाँले चुरे क्षेत्रमा रहेको वन फडानीले सप्तरी बासीलाई ठूलो क्षति भएको छ र भएको वनजंगललाई अझै पनि संरक्षण गर्न सकिएन भने यसको नकारात्मक प्रभावबाट हामी जोगिन नसकिने भन्दै सप्तरीका समस्त बन उपभोक्ता समूहले वृक्षारोपण गरी वनजंगलको विकास गर्नुपर्ने बताउनुभयो ।
ओम नारायण प्रमाणिको अध्यक्षता एवं विशिष्ट तिथिहरूमा प्रदेश सभा सदस्य राजकुमार लेखी, कंचनरुप नगरपालिकाका मेयर लगन प्रसाद गुप्ता, उपमेयर मुना पोखरेल रहेको कार्यक्रममा प्रमुख अतिथि द्वारा वृक्षारोपण गरेर कार्यक्रमलाई उद्घाटन गरिएको थियो। कार्यक्रम मा प्रदेश सभासद राजकुमार लेखी, मेयर ललन प्रसाद गुप्ता, उपममेयर मुना पोखरेल लगायतकाले वनजङगल सम्बन्धी धारणाहरु राखेका थिए।