भूपदेव माली
कार्तिक ९ गते,सप्तरी।
सप्तरीको इनर्वामा जनता समाजवादी पार्टी नेपाल द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १० इनरुवाको वडाध्यक्ष रामलखन मण्डलको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य एवं मधेस प्रदेश का पूर्व सामाजिक विकास मन्त्री नवलकिशोर शाहको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा नगरका उपममेयर सरीता देवी सिपलीया यादव एवं अतिथिहरुमा जसपा नगर कमिटीका सह-सचिव सूर्य नारायण यादव , वडा नम्बर ९ का वडाध्यक्ष हरिश्चन्द्र वर्मा लगायत वडाका सैकडौं कार्यकर्ताहरुको सहभागिता रहेका थिए।
कमल मण्डलले उद्घोष गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य शाहले मैले समाजिक बिकास मन्त्री रहिरहँदा अवस्थामा यस नगरको मात्र नभई सप्तरीका प्राय: पालिकाहरुमा व्यापक विकासका कार्यहरु भएको कुरा कसै संग लुकेको छैन ,”म यतिबेला विकास गरिने बारेमा भन्नुभन्दा पनि विकास गरेर देखाउने छु” प्रतिबद्धता जनाउनुभयो ।”उहाँले मेरो कार्यकालमा भएको अधुरो विकास कार्यहरुलाई पूरा गरेरै छाड्ने छु “भन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्य अन्य वक्ताहरुले पनि आ-आफ्नो विचार विमर्श राखेका थिए।