भूपदेव माली
भारदहकाे कंकालिनी भगवती मन्दिरमा दशैं पूजाको महानवमीका दिन हेलिकप्टर द्वारा फूलको बर्षा (पुष्प बृष्टी) गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदह स्थित,वेद वर्णित नेपालको विशाल नदीको पश्चिमी किनारमा,पुर्व पश्चिम लोकमार्ग स्थित पुर्बी नेपालको प्रसिद्ध महाशक्तिपीठ कंकालिनी भगवती मन्दिर देशकै एक महाशक्ति कंकालिनी भगवती मन्दिरमा दशैं पूजाको महानवमीका दिन हुने महिषा (रागां) बली हुनुपुर्व संकल्पको समयमा नेपाली सेनाका हेलिकप्टर बाट पुष्प बर्षा गरिएको हो।
यहाँ हरेक बर्ष महानवमीका दिन हजारौं हजार राँगा र १०औ हजार भन्दा बढीको संख्यामा खसी /बोकाको बलि प्रदान हुने गरिन्छ। हरेक बर्ष राँगाको बलि प्रदान गर्नु भन्दा पहिला मन्दिरमा महानवमीका दिन ” संकल्प ” पूजा हुने गर्छ उक्त संकल्प पूजाको समयमा गत साल झैं यो बर्ष पनि मन्दिर परिसरमा हेलिकप्टर बाट पुष्पवृष्टि भएको छ।
कार्तिक ६ गते सोमबार बिहान ११ बजेदेखि शुरु भएर ११:४५ बजेसम्म मधेशी नागरिक समाजको संयोजक गणेश कुमार मण्डलको अथक प्रयासमा हेलिकप्टरले पुष्पवृष्टि गर्नका लागि सहयोग गर्नेहरुमा
प्रधानसेनापति महासेनानी प्रभुराम शर्मा ज्यू,प्रधानन्यायाधीश समाननीय बिश्वम्बर प्रसाद श्रेष्ठ ,
अख्तियर दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त माननीय प्रेम राई,प्रहरी महानिरीक्षक वसन्त कुवर ज्यू रहेका थिए।
यो कार्यमा चाहिने सुरक्षा ब्यवस्थापनका लागि केन्द्रिय नेपाल सरकारका गृहसचिव ज्यू, सप्तरीका प्रमुख जिल्ला अधिकारी CDO, प्रहरी उपरीक्षक SP सहाब र नेपाली सेनाका प्रमुख ज्यू समेतको सहयोग रहेको थियो।
काठमाडौ बाट हेलिकप्टरमा चार जना पाइलट सह-सेनानी निशान कुवर, पाइलट सह- सेनानी सुजित श्रेष्ठ , प्रासु देबराज न्यौपाने र गणेश कुमार मण्डल सहित ९:३० बजे उडान भरी हेलिकप्टर १० :४५ मा भारदह मन्दिरमा पुगेको थियो। ३०-४० मिनेट को पुष्पबृस्टी पछी हेलिकप्टर काठमाडौँ फर्केका थिए। माता कंकालिनी भगवतीलाई हेलिकप्टर द्वारा पुष्प अर्पण गर्ने कार्य मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डल ज्यूको अगुवाइमा भएको हुँदा गाउँवासी द्वारा मण्डललाई धन्यवाद ज्ञापन गरिएका थिए।