भूपदेव माली
कार्तिक ७ गते, सप्तरी।
भारदहको कंकालिनी भगवती मन्दिरमा पूजा-अर्चना ,खसीबोका एवं रांगा चढाउने भक्तजनहरुको व्यापक भीड हुनुका कारण समितिले गरिएको व्यवस्था अनियन्त्रित भएको थियो।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं १, भारदह स्थित पूर्वी नेपालका कंकालिनी भगवती मन्दिरमा दशैं पुजाको क्रममा महानवमीका दिन मन्दिरमा माता शक्तिपीठलाई पूजाअर्चना एवं खसीबोका तथा रागां (महिषा )बलिदान गर्ने श्रद्धालुहरूको अकल्पनीय उपस्थितिले समिति द्वारा गरिएको परम्परागत पंक्ति सिस्टम (लाइन प्रकृया) असफल भएपछि भीड अनियन्त्रित भएका हुन्।
प्रत्येक वर्ष वडादशैंको दिन नेपालका विभिन्न जिल्लाहरु तथा भारतका विभिन्न जिल्लाहरुका लाखौंको संख्यामा भक्तजनहरु यस मन्दिरमा पुजा दर्शन, पूजाआराधना तथा खसी बोका बली दिन आउने गरेका यो वर्षमा गत वर्ष भन्दा धेरै कम ६०३ वटा मात्र रङ्गा आएको पूजा समिति २०८० का संयोजक लक्ष्मण मण्डलले बताए।
दसैंको बेलामा यस मन्दिरमा पुजा दर्शन तथा महिषा ( रागां ) हेर्न आउने भक्तजन संख्यात्मक आधारमा यहाँ पर्याप्त ठाउँ एवं व्यवस्थाको अभाव हुने हुँदा जग्गा उपलब्ध गर्न तथा मन्दिर व्यवस्थापनमा सुधार गर्नुपर्ने स्थानीयहरूको धारणा रहेको थियो ।यस पल्ट मन्दिर विकास समिति एवं पूजा समिति २०८० ले व्यवस्थापन गरिएको प्रक्रियाहरु जतिसुकै सुधारात्मक भएपनि असफल रह्यो । मन्दिरमा भक्तजनलाई सास्ती भोग्नु परेपनि माताको पूजा तथा बलि प्रदान दिएर घर फर्कने क्रममा भक्तजनहरूले “जे होस् मातालाई बली भोग दिएर फर्किन लागेका छौ खुसी छौं ” भन्ने प्रक्रियाहरु दिए। माता कंकालिनीले हामीलाई कस्ट बाट जोगाउनु भयो, हाम्रो परिवारमा खुशियाली दिनु भयो, हामीले धेरथोर कस्ट सहेर भएपनि दर्शन पूजा गर्न पाउँदा खुशी छौं प्रतिक्रिया दिए।