भूपदेव माली
कार्तिक ४ गते, सप्तरी।
भारदहको कंकालिनी भगवती मन्दिरमा नवरात्रिमा बेली बढाय पर्छणको विशेष महत्वकासाथ मनाएका छन् ।नवरात्रिको सप्तमीका दिन बेलि बढाय पर्छणको महत्वलाई एक अनुष्ठानको परम्परा तहत कंकालिनी भगवती मन्दिरबाट मधवापुरका लागि हजारौंको संख्यामा बेली बढाई शोभायात्रा निकालिएको थियो।बेली परिक्षण पछि सो तोडेर ल्याएको बेलीलाई सप्तमीको मध्यरात्री कालरात्रि देवीको नीशा पुजा अनुष्ठानमा प्रयोग गर्ने गरिन्छन् ।नवरात्रका मुख्य तान्त्रिक विधि पूजा नीशा पूजा हो, जसमा मदिरा र बेली सहित ५६ प्रकारको भोग चढाउने परम्परा रहिआएको छ। कंकालिनी भगवती मन्दिरमा हुने रागां (महिषा ) बलि प्रदान पछि यो अनुष्ठान सबभन्दा ठूलो अनुष्ठानको रूपमा रहेको छ।
सप्तरीको कंकालिनी भगवती मन्दिरबाट शनिबार निकालिएको सो बेली बढाई शोभायात्रा भारदह बजारको परिक्रमा गर्दै मधवापुर स्थित प्रवीण मण्डलको रुख सम्म पुगेर विधिपूर्वक पूजा अनुष्ठान गरी बेली तोडेर ल्याएको यात्रा मन्दिर पुगेर टुंगिएको सो यात्रामा हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी,भारदहका समाजसेवी सनातन मण्डल,वडा नम्बर १का वडाअध्यक्ष सुरेन्द्र मण्डल, वडा नम्बर ४ का वडाध्यक्ष मौली मण्डल,पूजा समिति २०८० का संयोजक लक्ष्मण मण्डल, समितिका सदस्यहरु,पूजारीगन, नगर प्रहरी टोली, नेपाल प्रहरीका टोली, सशस्त्र प्रहरी बलका टोली, विभिन्न बाजा सहित गायन टोली लगायत हजारौंको संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो। भारदहकाे यस मन्दिरमा दशैंको बेला हुने परम्परागत रांगा बलि प्रदान एवं बेली परीक्षण शोभायात्रा मुख्य उत्सवको रुपमा रहेका छन्।