भूपदेव माली,
राजविराज २२ मंसिर ।
सप्तरी हनुमाननगर कंकालिनी नपाले आफ्नो नगर क्षेत्र अन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुका लागि मास्क सेनेटाईजर तथा स्प्रे बोतल प्रदान गरिएको छ ।
कोभिड १९ कोरोना महामारीका कारण लामो समय सम्म देश व्यापी रुपमा बन्द रहेको विद्यालयहरुलाई हनुमाननगर कंकालिनी नपा मेयर शैलेष कुमार साहको निर्देशनमा स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्ने विद्यालयहरुलाई संचालन गर्न अनुमति दिएकोले विद्यार्थीहरुमा कोरोना सक्रमण नफैलियोस भन्ने उद्देश्यले सो सामग्री प्रदान गरिएको हो ।
विद्यालय प्रवेश गर्ने क्रममा मास्कको अनिवार्य प्रयोग र हातलाई सेनेटाईजर गरे मात्र कोठामा विद्यार्थीलाई प्रवेश गराउने उद्देश्यले सो सामग्री प्रदान गरिएको हो ।
विद्यालय प्रवेश गर्ने क्रममा मास्कको अनिवार्य प्रयोग र हातलाई सेनेटाईज गरेमात्र कक्षा कोठामा विद्यार्थीलाई प्रवेश गराउने उद्देश्यले सो सामग्रीहरु नगरपालिकाले प्रदान गरिएको नगरका शिक्षा शाखा प्रमुख हरी नारायण साहले बताउनु भयो ।
हनुमाननगर कंकालिनी नपा अन्तर्गत ३० वटा सामुदायिक विद्यालय र १४ वटा निजि विद्यालयले अनुमति प्राप्त गरेको र यी सबै विद्यालयहरुलाई कोरोना संक्रमणबाट बच्ने गरि मंसिर २१ गते भित्र कक्षा संचालन बारे कार्यतालिका तयार पारेर नगर पालिकाका शिक्षा एवं स्वास्थ्य शाखामा प्रस्तुत गर्ने निर्देश भएको थियो । निर्देशित मापदण्डको आधारमा अनुकूल कार्यतालिका भए र नगर द्वारा उपरोक्त विद्यालयहरुमा अनुगमन गर्दा मापदण्ड आधारमा सव दुरुस्त भएको अवस्थामा विद्यालय संचालन गर्ने अनुमति दिने निर्णय भएको थियो । सोही मापदण्ड पूरा गर्ने यी सबै विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्वन्धी सो सामग्रीहरु प्रदान गरिएको हो ।
संचालनमा रहेका विद्यालयहरुलाई बेला–बेलामा नगरपालिकाका स्वास्थ्य शाखा एवं शिक्षा शाखाको संयुक्त तत्वधानमा गठित अनुगमन टोलीले अनुगमन गरिरहने छ र सो टोलीले मापदण्ड विपरित कार्य गर्ने विद्यालयलाई संचालन बन्द गर्ने स्वास्थ्य शाखाका राजेश्वर रायले बताए ।
विद्यालयहरु संचालन गर्ने अनुमति र अध्ययनरत विद्यार्थीहरुलाई कोरोना संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सामग्री प्राप्त गरेकोमा सम्बन्धीत विद्यालयहरुका प्र.अ. तथा प्रिन्सिपलहरु खुशी ब्यक्त गर्दै नगर प्रमुखले संस्थागत एवं सामुदायिक विद्यालय विच विना भेदभावको सबैलाई समान दृष्टि राखिएको हुदाँ सप्तरी जिल्लाकै उदाहरिणय कार्य गर्नु भयो वि.पी जनता आधारभूत विद्यालय अर्जी, मधवापुरका प्र.अ. राजदेव यादवले बताए ।
हनुमाननगर कंकालिनी नपाका मेयर साहले समग्र विकास गर्नु सँगै शिक्षा क्षेत्रमा समानरुपमा संस्थागत एवं सामुदायिक विद्यालय तथा सो विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि यो बेला स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको मात्र होईन, मेयर साहले छात्राहरुका लागि गत वर्ष पनि १ वर्षे आत्मरक्षा सम्बन्धी कराँते तालिम समेतको कार्यक्रम गरी जिल्लामा किर्तिमान कायम गरिएको सरस्वती शिशु सदन ई.बो. स्कूलका संस्थापक प्रिन्सिपल सुरेश यादव र रोयल सेकेन्डरी स्कूलका को–अर्डिनेटर देवनाथ यादवले प्रतिक्रिया दिन्छन् ।