भूपदेव माली
असोज २८ गते सप्तरी।
कंकालिनी भगवती मन्दिरमा दसैंको अवसरमा सेवा – सहयोग गर्ने स्वयंसेवकहरुलाई समितिद्वारा प्रशिक्षण दिने कार्य सुरु गरिए छ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा -२, भारदहकाे कंकालिनी मन्दिरमा रहेका मन्दिर विकास समितिले मन्दिरका लागि गठित स्वयंसेवक दलका सदस्यहरुलाई आचरण +शिष्टाचार सम्बन्धमा काम – कर्तव्य निर्वाहणका लागि प्रशिक्षण दिने कार्य सुरु गरिएका हुन्।
मन्दिरमा वर्षेनी हुने नवरात्र पूजाको प्रथम दिन घटस्थापना विधि पूर्वक सम्पन्न पछि बेलुकी ५:०० बजेदेखि मुख्य दुई श्रेणीका स्वयंसेवक दलहरु महिषासुर स्वयंसेवक दल एवं बाहिरी स्वयंसेवक दलका सदस्यहरुलाई बेलुकी ७:०० बजेसम्म कामकर्तव्य, आचारसंहिता पालना बारे प्रशिक्षण दिने क्रममा ६५ जना महिषासुर दलका सदस्यहरु एवं ४५ जना बाहिरी स्वयंसेवक दलका सदस्यहरू र मन्दिर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
स्वयंसेवकहरु समाजका सच्चा सेवक हुने विषयमा दलका सदस्यहरुलाई उत्प्रेरणा र हौसलाको भरमा निरन्तर निस्वार्थ भावनाले निरन्तर कार्यप्रति अडिग रही काम गर्नेगरी समेत समर्पित भएर मन्दिरमा हुने दशैंको मेलामा भीडभाड नियन्त्रण वा मेलामा आउने श्रध्दालुहरुलाई मार्गदर्शन गर्ने, गराउने, श्रद्धालुहरुलाई माताको दर्शन भेट ,पूजा-अर्चना , बलीभोग चढाउन सरल – सहज वातावरण बनाउन इमान्दारीका साथ श्रम – समय खर्च गर्ने बारे समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले प्रशिक्षकको रुपमा रही चलचित्रको माध्यमबाट समेत सहजीकरण गरेका थिए।