भूपदेव माली
असोज २४ गते, राजबिराज।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि राष्ट्रिय निर्देशक निर्देशक समितिका सदस्य पदमा मधेश प्रदेश बाट हनुमाननगर कंकालनी नगरपालिकाका मेयर बीरेन्द्र माझी सहित मधेश प्रदेशका सबैला नपाका उपमेयर रहिमा खातुन सदस्य पदमा मनोनयन गरिएको छ।
राष्ट्रिय निर्देशक समितिमा सातै प्रवेशबाट एक एक जना सदस्यहरु हुनु पर्नेमा मधेस प्रदेशबाट एकजना थप मेयर माझी एवं खातुन दुइजना बागमती प्रदेश बाट रेणु दाहाल, कोशी परदेशबाट रेगिना भट्टराई,गण्डकी प्रदेश बाट चन्द्रकला अधिकारी ,लुम्बिनी परदेशबाट रिता कुमारी कुर्मी,कर्णाली प्रदेश बाट भिम बहादुर भण्डारी, सुदूरपश्चिम बाट हरिश्चन्द्र राना लगायत जम्मा आठ जना मेयर- उपमेयरहरुलाई मनोनयन गरिएको हो।
राष्ट्रिय निर्देशक समितिद्वारा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको उद्देश्य प्रदेश तथा स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तरसरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सरकारी संघीयताका लाभहरु अभिवृद्धि गराउने तथा प्रादेशिक एवं स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु हो। यस समितिका अध्यक्ष संघीय मामिला तथा समान्य प्रशासन मन्त्री कुनै प्रावधान रहेको छ।नेपाल सरकारको मन्त्री परिषदको निर्णय २०७६/५/६ को अनुसार उक्त कार्यक्रम सुरु गरिएको छ। यसको प्रथम बैठक यही असोज २६ गते हुने जनाएको छ।